arrow

लैङ्गिक हिंसा न्युनिकरण पत्रकारिता पुरस्कार पौडेललाई

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
patrakar-samman.JPG

कपिलवस्तु । लैङ्गिक हिंसा बिरुद्धको १६ दिवसिय अभियानका अवसरमा साथी संस्थाले प्रदान गर्दै आएको लैङ्गिक हिंसा न्युनिकरण पत्रकारिता पुरस्कार सञ्चारकर्मी नन्दराम पौडेललाई प्रदान गरिएको छ । एक कार्यक्रमका बिच निमित्त प्रजिअ रामेश्वर अर्याल, गैसस महासंघ अध्यक्ष एवम साथी संस्थाको आस्था परियोजना अनुगमन समिती सदस्य प्रबिण कुमार श्रीवास्तब र पत्रकार महासंघ शाखा अध्यक्ष डिलाराम भुसालले रु ५ हजार राशीको सो पुरस्कार पौडेललाई हस्तान्तर गरेका हुन ।

 जिल्लामा लैङ्गिक हिंसा न्युनिकरण र मानब अधिकार संरक्षणका लागी कलम चलाउदै आएका सञ्चारकर्मीलाई संस्थाले प्रत्यक बर्ष सम्मान गर्दै आएको छ । सञ्चारकर्मी पौडेल बुद्ध आवाज साप्ताहिकका प्रधान सम्पादक तथा ईन्सेकका जिल्ला प्रतिनिधी समेत हुन । सो अवसरमा बोल्दै आस्था परियोजनाका जिल्ला संयोजक खग प्रसाद चापागाईले संस्थाले सञ्चालन गरेको आस्था परियोजनाले नेपाल सरकारको लैङ्गिक हिंसा बिरुद्धको पञ्चबर्षिय रणनितीक कार्ययोजनालाई सहयोग पुर्याएको जानकारी दिए ।

 परियोजनाले रणनितीको लैङ्गिक हिंसा बिरुद्ध पुरुष तथा युवा परिचालन, हिंसा प्रभावितलाई सहयोग, वडा देखी जिल्लास्तरको समन्वय र खेल क्षेत्रलाई समेत हिंसा बिरुद्धको अभियानमा जोडेर कार्यक्रम गर्दै आएको जनाए । परियोजना सञ्चालित कपिलवस्तु नगरपालिका १२ सौराहालाई बालबिवाह मुक्त घोषणाको तयारी अन्तिम चरणमा पुगेको जनाउदै सो अभियानमा हर्दौना र सिहोखोरमा समेत अघि बढाएको बताए । संस्थाले सन् २०१७ को अबधीमा १ सय ३६ जना घरेलु हिंसा प्रभावितलाई आश्रय गृहको सेवा दिएको जानकारी दिए ।

 परियोजना क्षेत्रमा पछिल्लो ९ महिनाको अबधीमा १ सय ८६ सामान्य तथा जटिल घटना कारवाही र मेलमिलापमा गएको उनले जानकारी दिए । अनियन्त्रित मदिरा बिक्री बितरणले हिंसाका घटना रोक्ने कार्य चुनौतीपुर्ण बन्ने गरेको बताउदै मदिराको बिक्री बितरण व्यवस्थित बनाउन स्थानिय प्रशासनले अनुगमन र कारवाही गर्न चापागाईले अनुरोध गरे । कार्यक्रममा बोल्दै पुरस्कृत सञ्चारकर्मी नन्दराम पौडेलले साथी संस्थाले जिल्लामा लैङ्गिक हिंसाका घटना न्युनिकरण र हिंसा प्रभावितलाई सेवा दिन उदाहरणीय भुमिका खेलेको बताए ।

आफु पुरस्कृत हुदाँ सो क्षेत्रमा अझै शसक्त रुपले कलम चलाउन प्रोत्साहन मिलेको उनले बताए । सो अवसरमा बोल्दै महासंघ केन्द्रिय सदस्य बसन्त गिरी र शाखा अध्यक्ष डिलाराम भुसालले संस्थाले सञ्चारकर्मीलाई पुरस्कार गरेर हिंसाका घटना उजागर गर्न प्रोत्साहित गरेको बताए ।

 कार्यक्रममा बोल्दै निमित्त प्रजिअ अर्यालले आफुहरुले अनियन्त्रित मदिरा बिक्री बितरणको कार्य नियन्त्रणका लागी अनुगमन तथा बालबिवाहका घटना रोक्ने अभियानलाई सहयोग गर्न तत्पर रहेको बताए । पत्रकार सम्मानले लैङ्गिक हिंसा न्युनिकरण अभियानमा सहभागी भई घटनाहरुलाई बाहिर ल्याउन सञ्चारकर्मीलाई प्रोत्साहन भएको उनको भनाई थियो ।

 लैङ्गिक हिंसा न्युनिकरण अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउन तथा हिंसा प्रभावितलाई आश्रय गृह सञ्चालन गरेर संस्थाले उदाहरणीय कार्य गरेको गैसस महासंघ जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तबले बताए ।

गैसस महासंघ जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तबको अध्यक्षता, साथीकी परामर्शदाता सुस्मा शर्माको स्वागत र पत्रकार महासंघ शाखा सहसचिव मोहन बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ