arrow

बेलायती राजकुमारले लिए रेडियोका लागि ओबामाको अन्तर्वार्ता (भिडियाे)

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
obama.JPG

काठमाडौं । बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको अन्तर्वार्ता लिएका छन् । उनले अतिथि सम्पादकको रुपमा ओवामासँग अन्तर्वार्ता लिएका हुन्  ।

टोरन्टोमा गत सेप्टेम्बरको इन्भिक्ट्यूज गेम्समा रेकर्ड गरिएको अन्तर्वार्ता बीबीसी रेडियो ४ ले  डिसेम्बर २७ मा प्रसारण गर्नेछ । सो अन्तर्वार्तामा ओबामा र ह्यारीले ख्यालठट्टा गरिरहेको तथा ह्यारीले सम्पादकीय प्रक्रियाबारे बुझाइरहेको टिजरमा देखिन्छ ।

राजकुमार र पूर्व राष्ट्रपति निकै बर्षदेखी मित्र रहेका छन् । उनिहरु यसै बर्षको  इन्भिक्ट्यूज गेम्समा एकै साथ देखिएका थिए ।   ओबामा यूरोप भ्रमणमा जाने क्रममा केन्सिङ्टोन प्यालेसमा एक रात बिताएका थिए ।

ओबामाले आफूले राष्ट्रपति कार्यालय त्याग गर्दाको घटना स्मरण गरेका छन् र त्यसपछिको ओबामा फाउन्डेसनमार्फत गरिरहेको कामबारे ब्याख्या गरेका छन् ।

डिसेम्बर २७  प्रसारणको अलावा सो अन्तर्वार्तालाई केन्सिङ्टोन प्यालेसले पोडकास्टको रूपमा जारी गर्ने जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ