arrow

काँग्रेस पुन:निर्माणको अभियान आरम्भ : चन्द्र, गगन र धनराजको आयोजनामा पहिलो भेला

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
congresss.png

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा  काँग्रेस कमजोर देखिएपछि काँग्रेसका प्रभावशाली नेताहरु पार्टी पुन:निर्माणको अभियानमा जुटेका छन् । उनीहरुले  छलफल आरम्भ गरिसकेका छन् ।

बुधवार काठमाडौंको बानेश्वरमा भएको भेलामा काँग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ् र रामहरि खतिवडा एकसाथ देखिए । त्यसैगरि नेताहरु बद्री पाण्डे, प्रदिप पौडेल, गुरु घिमिरे, महादेव गुरुङ,जीवन परियार, टेकराज पौडेल लगायत पनि एकाकार भए। उनीहरुले पार्टीलाई अब जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

काँग्रेस नेता चन्द्र भण्डारीको पहलमा भएको भेलामा काँग्रेसका जनप्रिय नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, रामहरि खतिवडा, प्रदिप पौडेल, उमेशजंग रायमाझी, सुवास पोखरेल, उज्वल बराल, गुरु घिमिरे लगायत नेताहरु सहभागि भए । विद्यार्थी नेता कुन्दन काफ्ले लगायत पनि भेलामा सहभागि भए ।   

नेता गगन थापाले आवश्यक परे पार्टीको कारबाही भोगेर भए पनि काँग्रेसलाई पुनर्जीवन दिन अभियानबाट पछि नहट्ने र पार्टीप्रति जनताको विश्वास कायम गराएरै छाड्ने बताए । उनले चाहे जुनसुकै त्याग वा कारबाही भोग्न आफुहरु तयार रहेको बताए । आफुहरुलाई अब पदीय जिम्मेवारी भन्दा ठूलो पार्टीको पुन:निर्माण भएको बताए ।  

यो छलफललाई काँग्रेस पुन:निर्माणको सुरुवातका रुपमा लिइएको छ । भेलामा धनराज गुरुङले पार्टी सक्षम र सुदृढ बनाउन जनविश्वास आवश्यक रहेको भन्दै आफुहरुले विश्वासको मत जुटाएरै छाड्ने बताए ।

भेलाको अगुवाई गरेका नेता चन्द्र भण्डारीले पार्टी सुदृढीकरण पहिलो प्राथमिकता रहेको बताए । उनले भने, 'हामी सबैको एउटै मत छ । हामी पार्टीलाई पुनर्जीवन दिन्छौँ ।'

छलफलमा उनीहरुले अहिले काँग्रेसले पाएको जनमतको सम्मान गरेर जिम्मेवार भई जनउत्तरदायित्व बहन गर्ने समेत प्रण गरेका छन् । उनीहरुले आफुहरुभित्रै नेतृत्व लिन तयार भएका व्यक्तिलाई कसैले अवरोध नगर्ने र दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ