arrow

(अपडेट) मृग ठानेर गोली चलाउँदा महिला घाइते

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
Bullet_Fire.jpeg

काठमाडौँ । काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग ठानेर चलाएको गोलीबाट एक महिला घाइते भएकी छन् ।

बुधवार दिउँसो शिकार खेल्न गएका चासेडाँडाका युवकहरुको एक समूहले झोरको जंगलमा मृग ठानेर गोली चलाउँदा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएकी हुन् ।  

महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिए । गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ ।

घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ