arrow

कञ्चनपुर कांग्रेसका सभापतिले दिए राजीनामा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ पुष ५ बुधबार

पुनर्वास ,कञ्चनपुर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका उम्मेदवार पराजित भएपछि नेपाली कांग्रेस कञ्चनपुरका एक सभापतिले नैतिकताको आधारमा राजिनामा दिएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टीका प्रतिनिधी सभाका उम्मेदवार रमेश लेखक,प्रदेश सभाका उम्मेदवार द्वय यज्ञराज जोशी र बेलबहादुर राना  बाम उम्मेदवार भन्दा झिनो मतले पराजित भएपछि भिमदत्त नगरपालिका -६ का वडा सभापति महेन्द्र खड्काले पदबाट राजीनामा दिएका हुन ।

सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुले भिमदत्त नगरपालिका -६ मा ८९ ले बाम उम्मेदवार बाट पराजित भए पछि वडा सभापति खड्काले पदबाट राजिनामा दिएका हुन ।

 आफ्नो वडामा पार्टीका उम्मेदवार हरुलाई जिताउन नसकेकोले पदमा बसि रहन उचित नरहेकाले नैतिक जिम्मेवारी बहन गर्दै पदबाट राजीनामा दिएको निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समिती र जिल्ला कार्य समितिलाई बोधार्थ राजिनामा पत्रमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ