arrow

छोरीको जन्मदिन मनाउने खर्च वृद्धाश्रमलाई

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
pokhrel.jpg

विराटनगर । विराटनगरका एक अभिभावले छोरीको जन्मदिन मनाउन लाग्ने खर्च वृद्धाश्रमलाई सहयोग गरेका छन् । सेन्टमेरिज विद्यालयमा कक्षा ६ मा अध्ययनरत यशस्वी पोखरेलका अभिभावले छोरीको जन्मदिन मनाउन लाग्ने खर्च वृद्धाश्रमका वृद्धवृद्धालाई दिएका हुन् ।

 विराटनगर–५ का पोखरेल दम्पतीले बुधबार बिहान विराटेश्वर वृद्धाश्रम पुगेर आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई नगद हस्तान्तरण गरे।

छोरीसँगै आश्रम पुगेका पिता धिरज पोखरेलले जन्मदिन मनाउने नाममा तडकभड्क गर्नुभन्दा वृद्धवृद्धाको भरणपोषणमा थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरिएको बताए।

यसअघि पनि पोखरेल परिवारले भूकम्प आए लगत्तै यशस्वीको गुन्यूचोली कार्यक्रम रद्द गरेर  प्रधानमन्त्री राहतकोषमा छोरीको नामबाट एकलाख रुपैयाँ सहयोग गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ