arrow

प्रदेश ५ को राजधानी दाङ हुन्छ नभए अर्को प्रदेश बनाइन्छ : महरा

logo
शरद रेग्मी,
प्रकाशित २०७४ पुष ५ बुधबार
krishna-bahadur-mahara-new.jpg.jpeg

दाङ। नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले राष्ट्रिय सभा गठन विद्येयक राजनीतिक सहमतिवाट टुङ्गो लाग्ने बताए। राष्ट्रपति समक्ष सरकारले पेश गरेको विद्येयक केही दिनमानै टुङ्गो लाग्ने र राजनीतिले नयाँ मोडलिने उनको विश्वास रहेको छ। केही दिन भित्रमा नयाँ सरकार गठनको प्रकृया देखि विभिन्न राजनीतिक मुद्धाहरुको छिनोफानो हुने समेत उने बताए।वुधवार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताए।  

उनले नेकपा एमाले, माओवादीबीच पार्टी एकीकरणको काम पनि संग संगै अगाडि बढेको समेत बताए। ‘अव निर्वाचन पनि सकीएको छ, समानुपातीकको पनि अन्तीम मतपरिणाम आइसेको छ, अव राजनितिले नयाँ मोड लिने छ–महाराले भने।’ उनले राजनितिक सहमति विना कुनैपनि राजनितिक एजेष्डाहरु सफल नहुने भन्दै सहमति र सहकार्य विना नेपालको विकाश हुन नसक्ने बताए।

उनले भने–सहमतिको विकल्प छैन् हामी सवै मिलेर यो देशलाई विकाश गर्ने। उपप्रधानमन्त्री समेत रहेका महराले  भने–‘राजनीतिक दलहरुबीच एकता र सहकार्यलेमात्र देशमा अव आर्थिक समृद्धि र विकाशले गति लिन्छ, अव विकाशलाई कसैले पनि रोक्न सक्दैन।’उनले नेपाली जनताको चाहना देशमा समृद्धि र विकाश रहेको भन्दै अव विकाशमा स्थाईत्व आवश्यक रहेको बताए।

प्रतिनिधि सभा सदस्य महराले अर्को प्रसंगमा बोल्दै प्रदेश नं ५ को राजधानी दाङ हुने विश्वास व्यक्त गरे। उनले भने – प्रदेश नम्वर ५ को राजधानी दाङ हुन्छ यदि त्यो भएन भने अर्को प्रदेश थपेर भएपनि राजधानी बन्छ बन्छ तपाईहरु ढुक्क हुनुहोस्।’उनले दाङको भालुवाङ्ग होस वा हापुरे जहाभएपनि राजधानी दाङमा हुने बताए। उनले तुलसीपुरमा रहेको एयरपोटको समेत निरक्षण गरे। त्यस पछि पत्रकारहरु संग कुरा गदै महराले अहिलेकै संरचनामा हप्तामा दुईबटा उडानहरु जसरी भएपनि सञ्चालन गर्न आफुले पहल थालेको बताए। उनले भने–तपाईहरु ढुक्क हुनुहोस यो विमान स्थलमा अव केही दिनमा जहाज आउछ, त्यसको पहलमा लाग्गेका छौं।’

त्यसैगरी उनले दाङको समग्र विकाशका लागि आफुले विगतमा जस्तै पहल गरिराखेको समेत बताए। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमका निर्वतमान अध्यक्ष विमल रिजालले दाङ प्रादेशिक राजधानी, एयरपोट सञ्चालन र इन्धन डिपो स्थापनाका लागि यस क्षेत्रका जनताले उपप्रधानमन्त्री महरा संग धेरै अपेक्षा र आशा राखेको भन्दै तत्काल पहलका लागि निरन्त्रता दिन समेत आग्रह गरेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ