arrow

तीन दिनदेखि वडा कार्यालयमा तालाबन्दी

logo
रमित बि.क.,
प्रकाशित २०७४ पुष ५ बुधबार
talabandi.jpg

बाजुरा । बाजुराको त्रिबेणी नगरपालिका वडा नं ९ को वडा कार्यालय तीन दिन देखि ताला लगाइएको छ ।  वडा अध्यक्षले आफु अनुकुल भवन भाँडामा लिएको भन्दै स्थानिय केही व्यक्तिले तीन दिन देखि कार्यालयमा ताला लगाएका छन ।

 यता वडा अध्यक्ष विर बहादुर विष्टले कसैलाइ जानकारी नगराई आफ्नो मनोमानि तरिकाले घर भाँडाको लागि कोटेशन आह्वान सुचना अनुसारको कुनै कागजात नमिलेको व्यक्तिको घर भाँडामा लिने भन्ने निर्णय गरेपछि वडा कार्यालयमा ताला लगाएको स्थानिय दिपक साउँदले बताए । घर भाँडाको लागि चार जनाको वडामा निवेदन परेको थियो । निवेदन पर्नेमा दिपक साउद,नविन साउद,चन्द्र रौलेको निवेदन परेको थियो ।

 चार जना मध्ये चन्द्र रौलेको घरको कुनै पनि सुचना अनुसार प्रक्रिया नमिलेको घर लाई अध्यक्ष  लगायत  चार जनाको निर्णयले रौलेकै घर भाडामा लिने भने निर्णय गरेको हुदाँ त्यसलाई खारेजिको माग गर्न वडा कार्यलयमा ताला बन्दी गरेको निवेदक समेत रहेका साउँदले बताए ।

साउँदले आफुहरुले नगरपालिकामा उजुरी गरेको बताए । यता वडा अध्यक्ष विर बहादुर विष्टले भने आफुले नियम पूर्वक काम गरेको बताउछन् ।  उनले एक दुई जनाको निजि स्वार्थेका कारण कार्यालयमा तालाबन्दी गरेको आरोप लगाए  । आफुहरुले वडा कार्यालयका सहजताका लागि पक्की घर भएका स्थानमा वडा कार्यालय सार्ने भन्ने निर्णय गरेको तर केही सिमित व्यक्तिहरुले आफु अनुकुल हुनुपर्छ भन्दै सार्वजनिक कार्यालयमा ताला लगाएको बताए ।

 सेवा ग्राहीहरुलाई मर्का हुने गरी ताला लगाएको वडा अध्यक्ष बिष्टको आरोप छ । यता त्रिबेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारले आफुहरु कहाँ उजुरी आएकोले यो बिषय के–कति कारणले भएको हो बुझेर बैठक बसी सो बिषयलाई समाधान गर्ने बताइन् ।

 तीन देखि वडा कार्यालयमा ताला बन्दी गरेपछि त्यस वडाका सेवा ग्राही नगरपालिकाको कार्यालय पुगेर सेवा लिन बाध्य भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ