arrow

बीरगञ्जमा ग्यास प्लान्ट विस्फोट हुँदा काठमाडौंबासीलाई नेपाल ग्यासको त्रास

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
nepal_gas_new_deepo.jpg

काठमाडौं । काठमाडौं बालाजुका राजन अधिकारीले बीरगञ्जमा आगलागी हुनेवित्तिकै नेपाल ग्यासले विस्तार गर्न लागेको भण्डारण क्षमता सम्झिए । उनी सम्झन्छन् 'यो विस्फोटसँगै नेपाल ग्यास सम्झिएँ, मन एकाएक त्रसित बनेर आयो । आफूले मत दिएर पठाएको वडाध्यक्षलाई टेलिफोन गरेँ । उनले 'मैले रोक्न खोज्दा खोज्दै पनि क्षमता विस्तारको काम सुरु गरेको थाहा पाएँ ।' नेपालमा कानूनी रुपमा केही काम हुँदैन कि के हो ?' उनले प्रतिप्रश्न गरे । 

बुधबार विहान बीरगञ्जमा सुपर ग्यास उद्योगमा आगलागी भएर २ जनाको ज्यान गईसकेपछि स्थानीय प्रशासनले त्यहाँको ५ किलोमिटर वरपर रहेको सबै बस्ती खाली गर्न तत्काल निर्देशन दियो । तराईको भूभाग भागेर जान सक्ने ठाउँपनि भएको खाली जमिन भएको कारण त्यस आसपासका स्थानीयको पनि भागाभाग सुरु भयो । 

यो दृश्य कल्पनामा मात्रै पनि आततायी देखिन्छ । केही क्षणमा नै ५ किलोमिटर वरपरसम्म क्षति पुग्नेगरी विस्फोट हुने सम्भावना रहेको स्थानीय प्रशासनले बताएपछि बीरगञ्जका स्थानीय जति त्रसित बने काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यासको भण्डारण डिपो देखेर काठमाडौं बासी झनै त्रसित बनेका छन्। 

काठमाडौं महानगरपालिकाको वडाध्यक्षको हैसियतले वडाध्यक्ष मुकुन्द रिजालले बालाजुमा नेपाल ग्यासको डिपो विस्तार गर्नको लागि आफूले स्वीकृती नदिएको प्रतिक्रिया दिए । हाम्राकुरासँगको कुराकानीका क्रममा अध्यक्ष रिजालले आफूलाई यहाँ स्वीकृति दिनको लागि दबाबसँगै प्रभावमा समेत पार्न खोजेको आरोप लगाए । उनले आफूलाई आर्थिक प्रलोभनमा समेत पार्न खोजेको प्रतिक्रिया दिए । 

उनले आफ्नो वडाको बारेमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकहाँसमेत कुरा पुगिसकेको र उनले मेयरले यस विषयमा कुरा गर्दा आफ्नो वडाबासीको असुरक्षा हुने काममा आफूले हस्ताक्षर गर्न नसकेको बताउँछन् । रिजालले भने मैले आफूलाई जिताएर पठाएका वडाबासी र सारा काठमाडौंबासीको सुरक्षामा लाग्नैपर्छ । यो ग्यास उद्योगलाई क्षमता विस्तार गर्न दिने हो भने हाम्रो पशुपति र स्वयम्भू समेत रहँदैन अरु मान्छेको त कुरै नगरौं । 

नेपाल ग्यास उद्योगले मापदण्ड नै नपुर्याई सोर्स फोर्सको भरमा १०० गुणा क्षमता बढाउन लागेको छ । त्यसको स्थानीय स्तरमा विरोध भएको भएपनि सरकारी निकायहरु सबैतिर सोर्स फोर्सको आधारमा नै नेपाल ग्यासले कागजी प्रक्रिया पुर्याउँदै आएको छ । 

हतारहतार नेपाल ग्यासको पक्षमा संघको प्रतिक्रिया 

सुपर ग्यासमा आगलागी भएपछि नेपाल एलपी ग्यास उद्योगी संघले केही सीमित पत्रकारहरुलाई काठमाडौंको अनामनगरस्थित कार्यालयमा बोलायो । पत्रकारसम्मेलन भनिएको भएपनि सीमित पत्रकार गएकोले औपचारिक कार्यक्रम केही पनि भएन । त्यहाँ उपस्थित ग्यास उद्योगीहरुले हतारहतार काठमाडौंमा रहेका ग्यास उद्योगहरुलाई जोगाउने अभिव्यक्ति दिन थाले । 

संघले पूर्व अध्यक्ष शिव घिमिरेको नेतृत्वमा ५ सदस्यीय छानविन समिति पनि गठन गरेको थियो । उनीहरुले ग्यास बुलेट नपड्किने भन्दै ग्यास अनलोड गर्दा आगलागी मात्रै भएको बताए । ४८ वर्षको इतिहासमा यो पलिो पटक भएको भन्दै उनीहरुले काठमाडौंको ग्यास उद्योगमा यस्तो समस्या नहुने धारणा राखे । काठमाडौं उपत्यकामा रहेको एभरेष्ट ग्यास पूर्व अध्यक्ष शिव घिमिरेको हो भने नेपाल ग्यासका कार्यकारी निर्देशक हुन् अहिलेका अध्यक्ष गोकुल भण्डारी । यी दुबै मिलेर काठमाडौंमा ग्यास उद्योगको कुनै खतरा नरहेको भनेर पत्रकारहरुलाई भ्रमित बनाएर पठाएका छन् । 

Image may contain: sky and outdoor

Image may contain: plant, tree, sky, grass, outdoor and nature


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ