arrow

भारतीय पापडलाई विस्थापित गर्दै नेपालमै यसरी फस्टाउँदैछ पापड उद्योग  

logo
ईश्वरदत्त बडू 
प्रकाशित २०७४ पुष ६ बिहिबार
papad-kanchanpur.jpg

कञ्चनपुर । कञ्चनपुरका ग्रामीण क्षेत्रमा पापड उद्योग फस्टाउन लागेका छन् । केही बर्षयता कञ्चनपुरमा भारतबाट पापड आउने गरेको थियो । 

तर, हाल स्थानीय स्तरमै पापड उद्योग फस्टाउन थालेपछि उपभोक्तलाई ताजा पापड उपभोग गर्न पाईएको छ । थोरै लगानीबाट शुरुवात गरिएको कृष्णपुर नगरपालिका–४ मौवाफाँटाको खप्तड पापड उद्योग अहिले लाखौँको कारोबार गरिरहेको छ । 

खप्तड पापड उद्योगका संचालक भुवन सिह कार्कीले ३ बर्षदेखि उद्योग संचालनमा ल्याएको बताए । कार्कीले बार्षिक २० लाख बढिको कारोबार हुने गरेको बताए । 

उनका अनुसार भारतबाट मेसिर ल्याएर उद्योगको क्षमता विस्तार गरिएको छ । यस अघि कच्चा पदार्थ समेत भारतबाट ल्याएर पापड उत्पादन गर्ने उद्योगले हाल नेपालबाटै कच्चा पदार्थ ल्याएर पापड उत्पादन गरिएको छ ।

 अत्तरियामा चियानास्ता पसल संचालन गरेका कार्कीले भारतीय पापड बिक्रेताबाट प्रेरणा पाएर घरमै उद्योग खोलेका थिए । ‘म पहिले भारतबाट कच्चा पदार्थ ल्याएर घरमै पकाएर बिक्रि गर्दथे, ‘उनले भने, ‘आजभोली आफ्नै उद्योगमा कच्चा पदार्थ उत्पादन गरेर सप्लायर्स गर्छु ।’ घरमै सदस्यले खाली समयमा काम गर्ने र बाहिरका १० जनालाई रोजगारी दिएको संचालक कार्कीले बताए । 

कच्चा पदार्थ सुदूरका पहाडी जिल्लामा थोकमा पठाउने गरेको कार्कीले बताए । यस्तै महेन्द्रनगर, धनगढी, अत्तरिया र स्थानीय बजारमा पापड खपत गर्ने गरेको बताए । 

उक्त उद्योगको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ क प्रदेश सभा सदस्य महेश दत्त जोशीले स्थलगत अवलोकन गर्दै जनतालाई सानो सानो पुँजीबाट उत्पादनका काममा लगाईने बताए । 

साना, मझौता उद्योगीलाई प्रोत्साहन गर्ने कार्यक्रम समेत संचालन गरिने सांसद जोशीको भनाई छ । सांसद जोशीले उद्योगीलाई बैकिङ्ग ऋण सहुलियत, विद्युत लगायतका विषयमा अनुदानका कार्यक्रम ल्याईने समेत घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ