arrow

काँग्रेस नेता लेखक किन पुगे मतदाताको घर घरमा ?

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष ६ बिहिबार
lekhak1.jpg

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ नेपाली काँग्रेसबाट प्रतिनिधी सभा सदस्यमा उपविजेता  उम्मेदवार रमेश लेखक मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेका छन् ।  निर्वाचन परिमाण आएपछि काँग्रेस नेता समेत रहेका लेखक मतदातालाई धन्यवाद दिन भीमदत्त र महाकाली नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो गरेर जनताप्रति हार्दिक आभार प्रकट गरिरहेका छन् ।

लेखकले महाकाली नगरपालिका १ देखि ५ सम्मका विभिन्न वडाका गाउँबस्तीमा पुगेर मतदातालाई धन्यवाद दिईरहेको बताए । जहाँ रमेश लेखक पुगे मतदाताले उनलाई साथ दिएका छन् । आफुहरुले तपाईलाई नै भोट दिएको मतदाताले लेखक सामु बताईरहेका छन् । लेखकले आफु निर्वाचित हुँदा अघि सारेका योजना निरन्तर दिनुपर्नेमा जोडदिएका छन् । लेखकले निर्वाचन क्षेत्र नम्बर ३का सम्पूर्ण मतदातालाई हार्दिक कृतज्ञता समेत दिएका छन् ।

लेखकसंगै प्रदेश सभा सदस्यका उम्मेदवार यज्ञराज जोशीले पनि आम मतदातालाई धन्यवाद दिदै आगामी दिनमा समेत कञ्चनपुरको विकासका लागि खट्ने बताएका छन् । यस्तै नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १का उम्मेदवार दिवान सिह विष्टले पनि लालझाँडी क्षेत्रमा घरदैलो गरेर मतदातालाई धन्यवाद दिएका छन् । काँग्रेस नेता जनक सिह धामीले काँग्रेस उम्मेदवार विष्ट र गोपाल गुरुङ्गले मतदातालाई धन्यवाद दिईरहेका छन् । उनीहरुले बिहीबारदेखि पुर्नवासमा घरदैलो गरेर मतदातालाई धन्यवाद दिने कार्यक्रम राखेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ