arrow

बेजिङ अवस्थित नेपाली दूतावासमा दुर्इ पुस्तक विमोचित

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
china-news.jpg

बेजिङ। चीनको राजधानीमा अवस्थित चीनका लागि नेपाली दूतावासले आज बिहिबार नेपाल (चीन सांस्कृतिक सहकारिता सम्बन्धमा एक कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा पूर्व राजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ‘हिमाल छिचोल्ने रेशममार्ग’ तथा पत्रकार, कवि अजय अलौकिकको ‘अलौकिक चीन’ नामक पुस्तक विमोचन गरिएको छ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको ‘हिमाल छिचोल्ने रेशममार्ग’ पुस्तकको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले संयुक्त रूपमा लोकार्पण गरेका थिए।

त्यसै गरी पत्रकार अजय अलौकिकको ‘अलौकिक चीन’ पुस्तकको राजदूत लीलामणि पौड्याल, कुलपति गङ्गा प्रसाद उप्रेतीका साथै चिनियाँ संस्कृति अनुवादन तथा अध्ययन सहयोग सञ्जालका ह्वाङ चोयुएले संयुक्त रूपमा लोकार्पण गरेका थिए।

दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपाल तथा चीनका पुस्तक तथा फोटो प्रदर्शनीको पनि आयोजना गरिएको थियो। उक्त कार्यक्रममा राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका पूर्व राजदूत लीतप्याओ, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती तथा चिनियाँ संस्कृति अनुवादन तथा अध्ययन सहयोग सञ्जालका प्रतिनिधिहरूले दुर्इ नेपाल चीन बीचको सांस्कृतिक सम्बन्धमा चर्चा गर्नुका साथै सांस्कृतिक सहकारिताले अझै नजिक ल्याउने विचार राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ