arrow

अध्यादेश पारित गराउने सन्दर्भमा देउवा-प्रचण्डको गोप्य भेट

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
Deuba-prachanda.jpg1.jpeg

काठमाडौं ।  राष्ट्रिय सभा सम्बन्धी अध्यादेशमा राजनीतिक दलहरुको बीचमा मत एक्यता बन्न नसकिरहेको समयमा राजनीतिक दलहरु यसमा सहमति जुटाउने प्रयासमा जुटेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग यसै बिषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा गोप्य भेट गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अध्यादेश  अब आउने सरकारले पेश गर्ने र अहिले पेश गरिएको  अध्यादेश फिर्ता हुनु पर्ने अडान राखि रहदा कांग्रेसले भने यसमा  विरोध जनाउदै आएको छ । कांग्रेसले सरकारको अधिकारका रुपमा रहेको  अध्यादेश पेश गरेपछि राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने आफ्नो भनाइ राखेको छ ।

सोहि बिषयमा मध्यमार्गी भुमिकामा रहेका  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यादेश पारित गरेर सरकार गठनको बाटो खोल्ने कुरामा सहजिकरण गरिरहेका छन् ।  यसै सिलसिलामा उनको आजको भेट पनि अर्थपुर्ण मानिएको छ ।

नेकपा एमालेका अध्यक्ष  र माओवादी केन्द्रका अध्यक्ष  दुबैले राष्ट्रपति विद्या देवी भण्डारीसँग भेट गरेपछि त्यहाँ भएका  कुराहरुको विषयमा समेत र कसरि सहजिकरण गरेर जाने भन्ने विषयमा राष्ट्रपति समेत चिन्तित रहेको सन्दर्भ प्रचण्डले प्रधानमन्त्रीसँग  राखेको बुझिएको छ । साथै अध्यादेश पारित गरि नयाँ सरकार गठनको  मार्ग प्रशस्त गर्ने सन्दर्भमा सकरात्मक रुपमा रहेको बुझिएको छ ।     

यसैबीच नेकपा एमाले आफ्नो अडानमा कायम रहि रहदा  गतिरोध बढ्ने देखिन्छ । गतिरोध टुङगाउन नेकपा एमालेको अडान बाधक भएको सन्दर्भमा प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्षलाई ओलिलाई सम्झाउन आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ