arrow

इयूबाट बहिर्गमन प्रक्रियाको अन्त्यतिर बेलायत

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
brexit-uk-eu.jpg

ब्रसेल्स, बेल्जियम। युरोपेली युनियन (इयू) बाट बहिर्गमनका लागि प्रक्रियाहरु अन्तिमतिर पुगेको बताइएको छ। यूरोपियन यूनियन र बेलायतबीच दुई हप्ताअघि भएको सम्झौता वार्ता सहमति नजिक पुगेको ईयूका प्रमुख डोनाल्ड टस्कले बताएकाछन्।

उनले बिहीबार ब्रसेल्समा भने– बेलायतले इयू र अन्य सम्बद्ध पक्षसँग वार्तालाई अघि बढाएको छ र ठीक बाटोमा यो विषय अघि बढिरहेको छ, त्यसैले समयमै बेलायतको बहिर्गमन हुनसक्ने देखिएको छ। बेलायतको बहिर्गमनका लागि यसअघि युरोपेली युनियनका उच्च अधिकारीहरुसँग बेलायतका प्रधानमन्त्री टिरिजा मेले वार्ता गरेकिथिन्।

उनले पछिल्लो समयमा यस विषयमा युरोपका विभिन्न नेताहरुसँग निकै चरणमा वार्ताहरुलाई निरन्तरता दिएका समाचारहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आइरहेका छन्। प्रधानमन्त्री टिरिजा मे बिहीबारै पनि पोल्याण्डको भ्रमणमा जान लागेकिछिन्। उनी बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लागेको समाचारमा जनाइएको छ।

प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसँग वार्ता गर्दै छिन्। पहिलेको तुलनामा सहमतिको निकै नजिक वार्ता पुगेको टस्कले बताए। सम्झौताका लागि निकै जटिल बिषयका रूपमा देखिएको आइरल्याण्डका बिषयमा पनि सहमतिको सम्भावना बढेर गएको छ, ईयू प्रमुख टस्कले बताए।

ब्रेक्जिटका बिषयमा आएरल्याण्डका प्रधानमन्त्री लियो वारदकरसँग इयूका तर्फबाट अध्यक्ष टस्कले पनि भेटवार्ता गरेका थिए। उक्त वार्ताका क्रममा पनि निकै सकारात्मक जवाफ आफूले पाएको जानकारी उनले दिए। अध्यक्ष टस्कले इयू नेताहरू खुला व्यापारसम्बन्धी वार्ताका लागि सहमति जनाउने सङ्केत आफूले पाएको पनि उनले हालैमात्र सार्वजनिक गरेका थिए।

बेलायतले आफू इयूको सदस्य नरहनेगरी बाहिरिने निर्णय यसअघि नै गरिसकेको छ। तर औपचारिक रुपमा बाहिरिन मात्र बाँकी रहेको छ। रासस-एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ