arrow

प्रदेश ५ को राजधानी तानातान : महरा दाङतिर र पौडेल बुटवलतिर खिच्दै

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
mahara-_paudel.png

बुटवल । सरकारले प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्न नसकिरहेका बेला वाम गठबन्धनका नेताहरुनै प्रदेशको राजधानीमा खिचातानी गर्न थालेका छन् ।

यसअघि प्रदेश पाँचको मूख्यमन्त्रीको बहस उत्रिएका वाम गठबन्धन आवद्ध एमाले र माआृेवादी केन्द्र अहिले प्रदेश ५ को राजधानी कहाँ बनाउने भन्ने बहसमा उत्रिएका छन् ।

गठबन्धनको दोस्रो तहका नेताहरु नै प्रदेशको राजधानी आ–आफुतिर खिच्ने अभ्यासमा लागेका छन् । दाङ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित माओवादी नेता कृष्णबहादुर महराले प्रदेश ५ को राजधानी दाङ हुने र  नभए अर्को प्रदेश बनाउने बताएकै भोलिपल्ट एमाले उपमहासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी नबनाए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

दुवै प्रभावशाली नेता हुन् । तर, महरा रोल्पाबाट दाङ सरेका हुन् भने । पौडेल बुटवलकै हुन् । दुवै अर्थमन्त्री समेत भइसकेका छन् । महरा अहिले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री छन् । तर, विमान विभागिय । एमाले उपमहासचिव पौडेलले भनेका छन्, ‘प्रदेश ५ को राजधानी बुटवल नै बनाइनु पर्छ । अन्यथा अखण्ड लुम्बिनीको जस्तै आन्दोलन चर्किन्छ ।’

बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा सार्वजनिक रुपमै उनले भने, ‘बुटवल बाहेक अन्यथा निर्णय हुने सुनिएको छ, यसो भए हामी सडकमा उत्रिन्छौं ।’ महराले ‘प्रदेश ५ को राजधानी दाङ हुन्छ यदि त्यो भएन भने अर्को प्रदेश थपेर भएपनि राजधानी बन्छ, बन्छ तपाईहरु ढुक्क हुनुहोस्’ भनेका थिए । उनले दाङको भालुवाङ्ग होस वा हापुरे जहाभए पनि राजधानी दाङमै हुने उनको भनाई छ ।

जनमत हेर्दा रुपन्देही २ बाट विष्णु पौडेल २२ हजार ६३ मत अन्तरले विजयी भएका थिए । उनले ४४ हजार ९ मत ल्याए । उनका निकटम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार युवराज गिरीले २१ हजार ९ सक्ष् ४६ मत ल्याए ।
महरा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा १४ हजार १ सय ४५ मत अन्तरले विजयी भए ।

उनले ४० हजार ४२ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी काँग्रेस नेता एवं पूर्व सांसद् राजु खनालले २५ हजार ८ सय ९७ मत ल्याए । जनमतको हिसावले पौडेल अगाडि छन् । पार्टीको भूमिकाको हिसावले महरा । तर, दलको पोजिसनको हिसावले पछिल्लो समय पौडेल नै बलियो देखिन्छन् । प्रतिनिधिसभामा सबैभन्दा बढी सिट पौडेलकै पार्टीले ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ