arrow

भुवा पर्वमा गोली चल्यो : १० जना घाइते, ४ को अवस्था गम्भिर

logo
रमित बि.क.,
प्रकाशित २०७४ पुष ६ बिहिबार
bajura2.jpg

बाजुरा । बाजुराको गौमुल गाउँपालिका ४ मानाकोटमा बुधबार राती भुवा पर्व मनाईरहेका बेला स्थानीयबीच दोहोरो झडप भएको छ । झडप हुँदा ८ जना घाईते भएका छन् । घाईते हुनेमा गौमुल गाउँपालिका ४ का मंगल वि.क.,मन बहादुर वि.क.,देव बहादुर बि.क.,रमेश रोकाया,भिके वि.क.,अंशु वि.क. र विर्की वि.क. रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यसैबीच बडीमालिका नगरपालिका वडा नं. ८ रापकमा पनि स्थानीबीच दोहोरो झडप हुँदा तीन जना घाईते भएका छन् । घाईते हुनेमा नन्द थापा,गोरख थापा र बीर बहादुर थापा रहेका छन् । घाईते भएका दुबै ठाउँ गरी १० जनाको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भईरहेको छ । १० जना मध्ये गौमुल गाउँपालिकाका ४ जना मन बहादुर वि.क., रमेश रोकाया,भिके वि.क. र देबे कामीको टाउँकोमा गम्भिर चोट लागेको छ ।

उक्त ४ जनालाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुवँरले बताए । घाईतेहरुका अनुसार आफूहरु माथि धारिलो हतियार र ढुङ्गा,लाठी प्रहार भएको बताईएको छ । उनीहरुका अनुसार राजनीतिक कारणले आफूहरुमाथि सामुहिक आक्रमण गरिएको घाईतेहरुले आरोप लगाएका छन् ।

 ‘सुरुमा माथिबाट दुई जनाले तीनपटक भरुवात बन्दुक पड्काए, पछि अरु आएर कुटपीट गरेको घाईतेहरुले बताएका छन् । घाइतेहरुको हात,टाउको लगायत शरिरका विभिन्न अंगमा रक्ताम्मे हुने गरी चोटपटक लागेको छ । कुटपीटमा संलग्न रहेको भन्दै गौमूलका भुपाल रोकाया,धिरेन्द्र रोकाया,सुरत रोकाया,गोरख रोकाया,सागर रोकाया,घमण्ड रोकाया,धनगिरी रोकाया लगायत २७ जना बिरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नरेन्द्र रोकाया सुके रोकायाले सुरुमा बन्दुक पड्काएको प्रहरी जाहेरीमा उल्लेख गरिएको छ । राजनीतिक विषयलाई लिएर झगडा भएको स्थानीयले बताएका छन् । घाइते हुने पक्ष एमाले समर्थक रहेका छन भने कुटपीटमा संलग्नहरु कांग्रेस समर्थक रहेको स्थानीयको भनाईरहेको छ ।
.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ