arrow

 अफगानिस्तानमा ९ महिनामा एक हजार छ सय आइएसका लडाकू मारिए

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
isis.jpg.jpeg

काबुल। अफगानिस्तानका सरकारी सुरक्षाकर्मीहरूको कारबाहीमा परी अफगानिस्तानमा गत नौ महिनामा एक हजार ६०० भन्दा धेरै जना स्लामिक स्टेट (आइएस) आवद्ध लडाकूहरू मारिएका छन्। अफगानिस्तानको स्थानीय समाचार संस्था पझवकले मारिनेमध्ये तीन सय जना उनीहरूका कमाण्डर भएको समाचार बिहीबार प्रेषित गरेको छ। 

रक्षा मन्त्रालयका प्रवक्ता डावलाट वाजिरीले यस अवधिमा आठ हजार पाँच सय जना घाइते भएको पनि जानकारी दिए। सरकारी अधिकारीहरूले आइएस लडाकू विरुद्धको सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ के कति क्षति भयो भन्ने बारेमा भने जानकारी दिन संभव नभएको बताए।

अफगानिस्तानका विभिन्न ठाँउमा बिगत दुई बर्ष देखि आईएस लडाकूहरूले सरकारी सुरक्षाकर्मी विरुद्ध आक्रमण गर्दै आइरहेका छन्। उनीहरूलाई निर्मुल पार्न भन्दै सरकारी सुरक्षा निकायहरूले पनि निरन्तर सुरक्षा कारबाही चलाइरहेका छन्। विषेश गरेर देशको पूर्वी नान्गाहार प्रान्त र उत्तरी क्षेत्रको पहाडी भागहरूमा सरकारी सुरक्षाकर्मी र आइएस लडाकूबीचको द्वन्द्व चलिरहेको छ। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ