arrow

धितोपत्र बजारलाई व्यवस्थित र प्रभावकारी बनाइने

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
Share-Market-Tips.jpg.jpeg

काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको विजयपछि मुलुकको धितोपत्र बजार प्रभावित पार्न चलखेल गर्नेको पहिचान गरी उचित सम्बोधन गरिने बताएका छन्।

धितोपत्र कारोवारमा संलग्न व्यवसायीसँग आज आफ्नो निवास बालकोटमा भएको भेटवार्तामा पूर्वप्रधानमन्त्री ओलीले भने, “धितोपत्र बजारलाई बढी व्यवस्थित र प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौँ। अनावश्यक हल्ला र चलखेलको पछाडि लाग्नु जरुरी छैन।” पूँजी बजारलाई थप व्यावहारिक र मर्यादित तथा लगानीमैत्री बनाउन आफूहरुका तर्फबाट विशेष योगदान हुने वचन दिए।

भेटमा सहभागी नेपाल स्टक ब्रोकर्स संघका अध्यक्ष प्रियराज रेग्मीले पूँजी बजारलाई सरकारले विशेष प्राथमिकता राख्नुपर्ने तथा पूँजी परिचालन, रोजगारी एवं आर्थिक विकासमा टेवा पुर्‍याउनुपर्नेमा अध्यक्ष ओलीको ध्यानाकर्षण गराइएको जानकारी दिए।

संघले नियमकानून बनाउन र लागू गर्न सहज बनाउने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डलाई स्वायत्त बनाउनुपर्ने तथा धितोपत्र कारोवारलाई थप सरल र सहज बनाउन अनलाइन प्रणाली सञ्चालन गर्नुपर्ने, धितोपत्र बजारलाई थप मर्यादित र व्यवस्थित बनाउँदा उत्पादन र रोजगारी बढाउनुपर्ने तथा धितोपत्र बजारमा गैरआवासीय नेपालीको समेत लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको थियो।

सातामा घट्यो ४८ विन्दु
नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस सातामा शेयर बजार ४८ अंकले घटेको छ। लगातार घट्दै आएको बजार आज पनि दोहोरो अंकले घटेको छ। एक्स्चेञ्जका अनुसार १२.३२ बिन्दुले घटेको बजार एक हजार ४७२ विन्दुमा पुगेको छ।

आज कूल १५३ कंका नौ लाख ९० हजार ९०८ कित्ता शेयर रु ४७ करोड ५८ लाख ३७ हजार ४११ मूल्यमा कारोवार भएको थियो। आज सबै उपसूचकसमेत घट्दा बजार प्रभावित भएको हो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ