arrow

मलेसियामा यसकारण ४ लाख नेपालीको १० अर्ब रुपैयाँ बचत हुने

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
malaysia.jpg

काठमाडौं । मलेसियाली सरकारले विदेशी कामदारसँग लिँदै आएको लेभी रकम अब रोजगारदातासँग लिने भएको छ ।

विदेशी कामदारले तिर्दै आएको लेभी शुल्क उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने भनी २०१७ मै गरेको निर्णय २०१८ जनवरीदेखि लागू गर्न लागिएको हो ।

मलेसियाली मन्त्रिपरिषदले गत जनवरीदेखि नै लेभी शुल्क रोजगारदाताले तिर्नुपर्ने निर्णय गरेको थियो । तर, रोजगारदाता सम्बद्ध विभिन्न संघसंस्था एवं सरोकारवालाले उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका थिए ।

त्यसपछि गत मार्चमा लेभी शुल्क रोजगारदाताले नै अनिवार्य रुपमा तिर्नुपर्ने निर्णय २०१८ देखिमात्र कडाइसाथ लागू गर्नेगरी रोकिएको थियो । 

मलेसियाली सरकारले पछिल्लो निर्णयबाट यहाँ वैध रुपमा कार्यरत करिब ४ लाख नेपालीसहित करिब २० लाखभन्दा बढी विदेशी कामदार लाभान्वित हुने भएका छन् ।

यसबाट करिब ४ लाख नेपालीको एकमुष्ठ करिब १० अर्ब रुपैयाँ बचत हुनेछ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ