- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राजनीतिक दलहरूले सातवटै प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गर्ने सिट सङ्ख्या शुक्रबार पाउने भएका छन् । बिहान १० बजे बस्ने निर्वाचन आयोगको बैठकले दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या घोषणा गर्ने तयारी भएको जानकारी निर्वाचन आयोगले दिएको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ देखि ७ नम्बर प्रदेशसम्म दलहरूले प्राप्त गर्ने सिट सङ्ख्याको टुङ्गो लागिसकेको छ ।
सातवटै प्रदेशमा कुनकुन राजनीतिक दलले डेढ प्रतिशतभन्दा बढी मत प्राप्त गरे र कुनकुन दलले प्राप्त गर्न सकेनन्, त्यसको विवरण पनि तयार भएको आयोगले जनाएको छ ।
प्रदेशसभामा डेढ प्रतिशत मतसीमा थ्रेसहोल्ड भन्दा बढी मत प्राप्त गर्ने दलले मात्रै सिट सङ्ख्या पाउने व्यवस्था छ ।
प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार विजयी हुने व्यवस्था छ ।
यसअघि बिहीबार साँझ नै नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरे पनि सम्भव हुन नसकेको बताएको छ ।