arrow

एमालेमा पौडेल र पोखरेलबीच लडाइँ, ‘अभिभादन कमरेड’ समेत भन्दैनन् भेटमा 

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
CPN-UML-Flag.jpg.jpeg

बुटबल । प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने कि बुटबल भन्नेमा चर्को बहस जारी रहेको छ । यो बहसमा बाजी कसले मार्ने हो त्यो भने कुर्नुपर्नेछ । 

तर दाङ र बुटवलको मुद्दाले नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र सचिव शंकर पोखरेलबीच भने वैचारिक लडाईँ बढेको छ । 

यही वैचारिक द्धन्द्धले गर्दा भेट हुँदा ‘अभिभादन कमरेड’ समेत भन्न छाडेको उनीहरु निकट एक नेताले बताए । 

‘पदीय मर्यादालाई समेत कुल्चेर नेताहरु आपसमा द्धन्द्धमा लाग्नुभएको छ, सुविधाको कुरो पनि पर्यो’ उनले भने । 

के हो मुद्दा ? 
विष्णु पौडेल रुपन्देहीका भएकाले पनि उनलाई बुटबललाई नै प्रदेश नं ५ को  
राजधानी बनाउनु पर्नेछ । 

उनले बुटबललाई राजधानी बनाउने र प्रदेश नम्बर ५ बाट रुपन्देहीलाई विभाजन हुन नदिने भनेरै राजनीतिलाई सफल बनाए । 

उनलाई साथ दिनेमा अन्य दुई सचिवहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि छन् । दुवै गुल्मीका हुन् । उनीहरुलाई पनि सुगमका हिसाबले दाङ भन्दा बुटबल नै सही हुन्छ । 

पोखरेल पनि आफ्नै जिल्लालाई छाडेर किन नै बुटबललाई राजधानी बनाउन खोज्थे र । 

पोखरेल प्रदेश नम्बर ५ को मुख्य मन्त्रीका दावेदार हुन् । उनलाई मुख्यमन्त्री बनाउनकै लागि एमालेले प्रदेश निर्वाचनमा उठाएको हो । 

रोल्पाका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङमै राजधानी हुनुपर्छ भनिरहेका छन् । उनको लाइन अझ बढी कडा छ । 

उनले त दाङ राजधानी नबने प्रदेश टुक्रयाइने चेतावनीसमेत दिइसकेका छन् । यसले पोखरेललाई बल मिलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ