arrow

किसुनजीको ‘बर्थडे’ मा ओली प्रमुख अतिथि, अमिताले भनिन् ‘काँग्रेस नेतालाई पनि निम्ता पठाइदेको छु’

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
kishunjee.jpeg

काठमाडौं । नेपाली काँग्रेसका पूर्व सभापति सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को ९४ औं जन्मजयन्ती शनिबार मनाइँदैछ । 

स्वर्गीय किसुनजीको सादगी जीवनबाट मन्त्रमुग्ध भएकाहरु उनलाई उनको त्यही जीवनशैलीकै कारण सम्झन्छन् । 

नेपाली राजनीतिमा कुर्सीमा पुगेपछि जतिसक्यो राज्यको दोहन गर्नुपर्छ भन्ने सिद्धान्त विपरित किसुनजीले प्रधानमन्त्री भएका बेलामा आफूसंग भएको ट्यांका र सुराही लिएर गएका थिए र फर्किँदा पनि तिनै सामान लिएर फर्किएका थिए । 

तिनै किसुनजीको ९४ वर्षअघि पुस ८ गते जन्म भएको थियो । 

किसुनजी हामीबीच छैनन् तर उनलाई नेपाली राजनीतिक वृत्तमा भिन्नै तरिकाले सम्झना गरिन्छ । 

यसपटकको जन्मजयन्ती कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानकी अमिता कपालीले ओली प्रमुख अतिथि भएको बताइन् । 

नेपाली काँग्रेसका नेताको जन्मजयन्तीमा काँग्रेसका कोही नेता प्रमुख अतिथि हुन सक्थे कि रु भन्ने हाम्राकुराको जिज्ञासामा उनले ‘त्यस्तै पर्यो’ भनेर टारिन् ।

उनले काँग्रेसका नेताहरुलाई पनि बोलाएको बताइन् । भनिन्, ‘निम्तो पठाएकी छु उनीहरुलाई, आउलान् नि को को आउने हुन् उनीहरुका कुरा ।’

कार्यक्रम शनिबार दिउँसो १ बजे भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा हुँदैछ । 

किसुनजी काँग्रेसजनका आस्था हुन् । तर प्रतिष्ठानले गर्ने व्यवहार भने बुझिनसक्नु भएको एक काँग्रेस नेताले बताएका छन् । 

उनले हाम्राकुरासंग भने, ‘निम्तो आएको छ, तर त्यो निम्तोले तान्लाजस्तो लागेन, हिनतावोध मात्र गरायो ।’

उनले पार्टी नेतृत्व किसुनजीको सम्मान गर्नसमेत चुकेको बताए ।


गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा यथोचित सम्मान नपाएको भन्दै शेरबहादुर देउवालाई काँग्रेस प्रजातान्त्रिक खोल्न किसुनजीले नै सघाएका थिए । 

अहिले देउवा मुलुकको प्रधानमन्त्री एवं काँग्रेसको सभापति छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ