arrow

पूर्व राजा ज्ञानेन्द्र पश्चिम भ्रमणमा निस्कदै, काठमाडौंमा तरंग

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता मध्यपश्चिम तथा सुदूरपश्चिमको भ्रमणमा जाने भएका छन् । 

शाह र पूर्व रानी कोमल निजी भ्रमणको शिलशिलामा मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ । 

पूर्व राजाको संवाद सचिव फणिन्द्र पाठकले अहिले यत्ति नै सुचना जारी गरिएको र भ्रमणको तालिका केही दिनमै सार्वजनिक गरिने जानकारी दिएका छन् । 

मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा पूर्व राजाको पश्चिम साइतलाई भने अर्थपुर्ण लिन सकिन्छ । 

यसले तीनतिर फर्किएका तीन दलका नेताहरुलाई झक्झक्याउन बल मिल्नेछ । 

राष्ट्रिय सभा निर्वाचनको अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता छोड्न मानिरहेको छैन भने केपी ओली र पुष्पकलम दाहाल धम्की दिइरहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ