arrow

बालुवाटारमा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष सकियो

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
Baluwatar_allparty_meet.jpg

काठमाडौं। राजनीतिक गतिरोधका अन्त्यकालागि बसेको सर्वदलीय बैठक निष्कर्षबिहीन भएर टुङगिएको छ। 

सरकार गठन र राष्ट्रीय सभा निर्वाचनका राजनीतिक गतिरोधले गर्दा अगाडी बढ्न नसकेको समयमा विवाद सुल्झाउने उद्देश्यले उक्त बैठक बसेको थियो। 

प्रधानमन्त्रीले बोलाएको बैठकमा सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशलाई समर्थन गर्न एमाले र माोँादीलाई प्रमले आग्रह गरेका थिए। उनको आग्रहलाई एमाले र माओवादीले नकारेका थिए। 

प्रमले राष्ट्रीयसभा गठनकालागि एकल संक्र्मणीय प्रणाली नै ऊपयुक्त रहेको र उक्त प्रणाली समानुपातिक भएको हुनाले उत्कृष्ट रहेको बताएाक थिए। यही प्रणालीलाई समर्थन गर्न र विवाद टुङ्ग्याउन प्रमले आग्रह गरेका थिए। 

प्रतिउत्तरमा नेकपा एमाले र माओवादी केन्द्रले अब बन्ने सरकारले राष्ट्रीयसभा गठनकालागि अध्यादेश ल्याउने र उक्त अध्यादेश अनुसार राष्ट्रीयसभा गठन हुने भन्दे प्रमको आग्रह नकारेका थिए। नयाँ मतादेश आईसकेको हुनाले अब बन्ने सरकारले सबै निर्णय गर्ने एमाले र माओवादीले बताएका थिए। 

उक्त बहशमा संघिय समाजवादी फओरम र राष्ट्रीय जनता पार्टीले खासै कुनै धारणा राखैका थिएनन्। 

कांग्रेस सरकारले पेश गरेको अध्यादेशलाई राष्ट्रपतिले रोक्न नमिल्ने जिकिर कांग्रेस नेता बिमलेन्द्र निधीले गरेका थिए।  

प्रधिनीसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भेसकेको अवस्थामा निर्वाचन आयोगले समानुपातिक मतको नतिजा सार्वजनिक गर्न सकेको छैन्। 


प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितको बैठक बसेको थियो। 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ