arrow

कांग्रेसबाट रामचन्द्र पौडेल र बिमलेन्द्र निधी राष्ट्रियसभामा !

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
Ramchandra_Nidhi.jpg

काठमाडौं। नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसदका रुपमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र बिमलेन्द्र निधीको नाम चर्चामा आएको छ । 

नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धित अध्यादेश राष्ट्रपति कार्यलयमा रोकिएर बसेको छ। नेकपा एमाले र माोवादी केन्द्रको बिरोधका कारण अध्यादेश रोकीएको छ। 

बालुवाटारमा बसेको सर्वदलीय बैठकले अध्यादेशका बारेमा कुनै सहमती गर्न सकेको छैन्। कांग्रेस नेतृत्व सरकारले राष्ट्रपतिले अध्यादेश फिर्ता गरे पनि पुन: पत्राचार गर्ने निर्णय गरेको छ। पुन: पत्राचार गर्दा राष्ट्रपतिले उक्त अध्यादेश रोक्न सक्ने छैनन्। 

नेपाली कांग्रेस नेताद्वय पौडेल र निधी निकट नेताहरुले सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव लगेको र सभापति सकरात्मक रहेको श्रोतले जनाएको छ। 

पौडेल र निधी दुवै प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। नेपाली कांग्रेस पार्टी भित्र राम्रो पकड भएका नेताद्वय सांसद हुन पर्ने उनी निकट नेता-कार्यकर्ताहरको ठहर रहेको छ। 

राष्ट्रीय सभा निर्वाचन बिधेयक पास भएपछि सरकारले तीन जना सांसद मनोनित गर्न पाउने संवैधानिक ब्यवस्था रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ