arrow

प्रधानमन्त्रीसहित काँग्रेस नेताले राष्ट्रपति भेटे, अध्यादेश पारित हुने विश्वास

अब निकासतर्फ

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
cong_neta.jpg

काठमाडौं । प्रधानमन्त्रीसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका काँग्रेस नेताहरुले राष्ट्रियसभाको अध्यादेश पारित गरेर अहिलेको जटिलता हटाउन अनुुरोध गरेका छन् ।

शीलतनिवास पुगेका काँग्रेस नेताहरुले अध्यादेश रोक्दा पर्ने राजनीतिक प्रभाव र विवादबारे राष्ट्रपतिलाई सजग हुन आग्रह गरे । उनीहरुले राष्ट्रपतिले अहिलेको जटिलता फुकाउन अध्यादेश प्रमाणिकरण गर्नेमा आफुहरु विश्वस्त भएको फर्किएको सुनाए ।

बैठकमा सहभागि काँग्रेस नेता कृष्ण सिटौलाले भने, ‘राष्ट्रपतिबाट राष्ट्रिय सभा सम्बन्धी अध्यादेश स्वीकृत हुनेमा विश्स्त छौँ । राष्ट्रपतिसँगको परामर्श र पाँच दलको बैठक पछि वाम गठबन्धनका नेताहरुले पनि साझा धारणा बनाउने भनेकाले यसमा चाँडै प्रगति हुनेछ ।’

यद्यपि, काँग्रेस नेताहरुसँगको भेटमा राष्ट्रपतिले कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । काँग्रेस नेता सिटौलाले भने, ‘उहाँले अहिले केही भन्नु भएको छैन । उहाँले प्रमाणिकरण गरेर राष्ट्रिय सभा गठन र अबको नयाँ सरकार निर्माणको मार्ग प्रसस्त हुने भएका कारण हाम्रो आग्रहलाई टार्न सक्नु हुन्छ ।’

अध्यादेश रोक्दा पर्ने प्रभावबारे राष्ट्रपति पूर्णरुपमा सजग रहेको र विहान दलहरुबीच भएको छलफले अब निकास निस्किने शुभ संकेत मिलेको बताइएको छ । बैठकमा प्रधानन्त्री शेरबहादुर देउवा, कानुनमन्त्री यज्ञबहादुर थापा, काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, विमलेन्द्र निधिलयात सहभागि थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ