arrow

कालिकोटमा म्यादी र प्रहरीको झडप : गोली चल्दा एकको मृत्यु

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
kalikot.JPG

कालिकोट । कालिकोटमा गोली चलेको छ । म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा गोली चलेको हो । म्यादी प्रहरीले तलब कटाइएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि गरेको प्रदर्शनबीच झडप हुँदा प्रहरीले लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा नआउने देखेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।  

प्रहरीको गोलीले सान्नी त्रिवेणी गाउँपालिका तिकुवाका विवेक ऐडीको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ । ऐडी म्यादी भए नभएको खुलेको छैन ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार विदाई भएका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको हो । म्यादी  प्रहरीले ढुंगामुढा गरेपछि प्रहरीका तर्फबाट गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । सरकारले पूर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रबार देशभरका म्यादी प्रहरीलाई विदाई गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ