arrow

प्रदीप पौडेलले हालेको रिटमा कारण देखाउ आदेश, दीपक खड्काको रिटमा पनि सुनुवाई

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
pradip_paudel.jpg

काठमाडौं । तनहुँ २ को प्रदेशसभा (क) मा पुनः मतदानको माग गर्दै कांग्रेस नेता प्रदीप पौडेलले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिँदै छलफलका लागि बोलाएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

आफु ५ मतले पछि परेपछि पौडेल सर्वोच्च पुगेका हुन् । अब अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले पुष १९ गते दुवै पक्षलाई  विपक्षीलाई बोलाएको छ । तनहुँ २ को प्रदेशसभा (क) मा माओवादी केन्द्रकी आशा कोइरालाले पौडेललाई ५ मतले पराजित गरेकी थिइन् ।

पौडेलको रिटमा कोइरालाको सपथ रोक्न माग गरिएको थियो । तर, सर्वोच्चले दुवै पक्षको छलफलपछि मात्र निर्णय गर्न उपयुक्त हुने भन्दै छलफलमा बोलाएको हो ।

पौडेलले ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदान हुनु पर्ने माग गरेका छन् । सर्वोच्चले संखुवासभाका कांंग्रेस उम्मेदवार दिपक खड्काको रिटमा पनि कारण देखाउ आदेश जारी गर्दै १४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

त्यस्तै, धनुषा ३ का वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवको रिटमा कारण देखाउ आदेश जारी गर्दै १९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ