arrow

प्रदेश सभाको समानुपातिक नतिजा आयो, कुन दलले कति पाए सिट ? (सूचीसिहत)

प्रदेश २ बाहेक एमाले ६ वटै प्रदेशमा पहिलो, २ मा काँग्रेस

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
election-commission.JPG

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गरी नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार नतिजा निकालेको हो । विहबार तयारी गरेपनि शुक्रबार मात्रै अायाेगले नतिजा निकाल्न सक्याे ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार एमाले २ नम्बर प्रदेश बाहेक ६ वटा प्रदेशमा पहिलो नम्बरमा परेको छ । प्रदेश २ मा काँग्रेस पहिलो भएको छ ।

यस्तै, प्रदेश सभामा समानुपातिकतर्फ कुल २२० सिटमध्ये एमालेले ७५ र काँग्रेसले ७२ सिट ल्याए । माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ ।

राप्रपा र विवेकशीलले तीन-तीन सिट पाएका छन् । अन्य साना दलले एक–एक सिट हासिल गरेका छन् ।
कसलाई कति सिट ?
प्रदेश–१
एमालेले–१५
कांग्रेसले–१३
माओवादी–५
संघीय समाजवादी फोरम–३
राप्रपाले–१
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च–१

प्रदेश–२
कांग्रेस–११
राजपा–१०
संघीय समाजवादी फोरम–९
एमालेले–७
माओवादी केन्द्र–५
नेपाल संघीय समाजवादी पार्टी–१

प्रदेश–३
एमाले–१६
कांग्रेसले–१४,
माओवादी केन्द्र –८
विवेकशील साझा पार्टीे–३
नेमकिपा–१
राप्रपा–१
राप्रपा प्रजातान्त्रिक –१

प्रदेश–४
एमाले –१०
कांग्रेसले–९
माओवादी केन्द्र–३
राष्ट्रिय जनमोर्चा–१
नयाँ शक्ति–१

प्रदेश–५
एमाले–१३,
कांग्रेस–१२
माओवादी केन्द्र–६
संघीय समाजवादी–२
राजपा–१
राष्ट्रिय जनमोर्चा–१

प्रदेश–६
एमाले–६
कांग्रेस–५
माओवादी केन्द्र–४
राप्रपा–१

प्रदेश–७
एमाले–काँग्रेस बराबरी – (८–८)
माओवादी केन्द्र–४
राजपा–१



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ