arrow

एनवाइइएफ पोखरामा नया नेतृत्व 

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
nyef-pokhara.jpg

पोखरा। नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराको १३ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट सुमन विजुक्छे अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ। 

प्रथम उपाध्यक्षमा सन्तोषकुमार घिमिरे, द्वितीय उपाध्यक्षमा पुनीत वैद्य, प्रोग्राम चियरमा सुनिलबहादुर भट्टराई, फाइनान्स चियरमा वैभब पौडेल निर्वाचित भएका छन्। यसैगरी,  कार्याकारिणी सदस्यमा प्रतीश पालिखे, विनल कर्माचार्य, निरन केसी, सुयश मल्ल, विषेश थापा, सूर्यप्रसाद बराल चयन भएका छन्। १ वर्षे कार्याकालको लागि १२ जनाको समिति चयन गरिएको हो।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च केन्द्रीय उपाध्यक्ष अजयकुमार श्रेष्ठले नेपालमै सबैभन्दा धेरै युवा उद्यमी युवाहरु फोरममा आबद्ध रहेको जानकारी दिए। अबको ५ वर्षमा एनवाइइएफ मा १ हजार भन्दा बढी सदस्य बनाउने बताए। उनले पोखरा चाप्टरमा महिला सदस्य थप्नुपर्नेमा जोड दिए। 

नेपाल उद्योग वाणिज्य महासंका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ, एनवाइइएफ रुपन्देहीका निवर्तमान अध्यक्ष आन्नद ओझा लगायतले कार्याक्रममा भनाईराखेका थि।

अधिवेशनमा कार्यक्रम संयोजक विष्णु तिमिल्सिनालाई आउट स्टान्डिङ कोअर्डिनेटर, सन्तोषकुमार घिमिरेलाई बेस्ट एजुकेटिभ अवार्ड, प्रकाशदेव पालिखेलाई आउट स्टान्डिङ  सर्पोट अवार्डले सम्मान गरिएको थियो। प्रथम उपाध्यक्षमा निर्वाचित घिमिरेले यसअघि २ पटकसम्म बेस्ट एजुकेटिभ अवार्ड प्राप्त गरिसकेका छन्। 

कार्यक्रममा एनवाइइएफ पोखराका निवर्तमान अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले विद्यालय सहयोग कोषका लागि १ लाख ११ हजार १ सय ११ रुपौयाँको चेक समेत हस्तान्तरण गरेका थिए।

४० वर्ष भन्दा कम उमेरका उद्यमी युवाहरुले सकारात्मक व्यावसायिक सोच प्रेत्साहान गर्ने उद्देश्यले स्थापना भएको (एनवाइइएफ) हो। (एनवाइइएफ)लाई पोखरा उद्योग वाणिज्य संघले संरक्षण गदै आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ