arrow

नेपाली हावा पानीमा हुर्केका कम्युनिष्टहरुसँग डराउनु पर्दैन : प्रदीप गिरी

काँग्रेसकाे पुन:निर्माण आवश्यक

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
pradip_giri1.JPG

काठमाडौं । काँग्रेस नेता प्रदीप गिरीले काँग्रेस नेताहरुले नेपालका कम्युनिष्टहरु सँग डराउनु पर्ने कुनै कारण नभएको बताएका छन् ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मजयन्तीको अवसरका काठमाडौमा आयोजित कार्यक्रममा नेता गिरीले हाँस्दै भने, ‘नेपालका कम्युनिष्टहरु नेपाली हावा पानीमा हुर्केका क्यमुनिष्टहरु हुन् । यीनिहरुको कुनै वादमा चलेका कम्युनिष्टहरु होइनन् । यीनिहरुसँग डराउनु पर्नेका कारण नै छैन ।’

वीपीले जहिल्यै अन्ध कम्युनिष्टहरुको विरोध गरे, उनले अगाडि भने, ‘नेपाली काँग्रेस अन्ध कम्युनिष्टहरुको विरोध गर्छ । जस्तै, यी कम्युनिष्टहरु छन् । त्यस्तै हामी पनि भिन्न काँग्रेस भएका छौँ ।’

नेता गिरीले धेरै पटक कम्युनिष्टहरुले केही विगार्दैनन् भने । उनले भनेका छन्, ‘आफ्नो पार्टीलाई पुर्नजागरण गर्नुस् । पार्टीभित्रका कमि कमजोरीहरु हटाउनुस् । कम्युनिष्टहरुसँग किन डराउने ?’ वीपी हुँदा पूर्वी यूरोप टुटेको थिएन, गिरीले अगाडि थपे, ‘सोभियत संघ पनि भत्किएको थिएन । अहिले त त्यस्ता कुनै युनिटहरु छैनन् । अनि फेरि हामी कम्युनिष्टहरुसँग किन डराउने ?’ अब अधिनायकवाद आउँछ भन्ने कुराहरु चलेका छन्, उनले भनेका छन्, ‘उनीहरुको मानसिकता मात्रै अधिनायकवादी छ । तर, अधिनायकवाद ल्याउन सक्दैनन् ।’ त्यो कल्पना नगरेपनि हुन्छ । नेपाल विभिन्न जात जाती र धर्म संस्कृति र विविधता भएको मुलुक हो ।

नेता गिरीले आफुले भनेको कुरा कसैले नखाएको र अहिले काँग्रेसको यो हविगत भएको बताए । उनले भने, ‘पार्टी नवनिर्माण गर्ने र परिस्कृत गर्ने दिशामा लाग्नु पर्छ । धेरै पनि चाहिँदैन चार–पाँच जना नेताहरुले नै अभियान चलाउन सक्छन् ।’

काँग्रेस भित्रको वैचारिक विचलन, मूल्यहिनता, पैसावादको अन्त्य हुनुपर्छ भनेर मैले कयौँ पटक भने, तर थपडी बजाउने एक जना पनि भेटिन, नेता गिरीले गुनासो गर्दै भनेका छन् । उनले अब काँग्रेसलाई पुनःनिर्माण गर्ने बेला आइसकेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ