arrow

मेहनतले नाप्नु पर्छ सगरमाथाकाे उचाई ‍(अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
ganesh_bhatta.JPG

नेपाल सरकारले सगरमाथाको उचाई नाप्ने घोषणा गरेको छ । विशेष गरी नापी विभाग यो काममा सक्रिय देखिएको छ । अहिलेसम्म सागरमाथाको उचाईलाई हामीले तत्कालीन भारतमा रहेको बेलायती सरकारले गरेको उचाई मापनलाई आधार मानिरहेका छौं । बेला बेला सगरमाथाको उचाइलाई लिएर विवाद पनि हुने गरेको छ । सगरमाथाको उचाइ एउटा सघन प्रकृया पनि हो, यो सहज छैन । कुनै भवन नापेजस्तो, सगरमाथाको उचाइ नाप्नु सामान्य प्रकृया होइन । सगरमाथाको उचाइ नाप्ने प्रकृयाका बारेमा नापी विभागका महानिर्देशक गणेश भट्टसँग गरिएको कुराकानी:
० सगरमाथाको उचाई नाप्न सहज छ ?
– नापीको भाषामा उचाइ मापन भनेको समुन्द्र सतहबाट कति अग्लो छ भन्ने हो ? सगरमाथाको उचाई मापन गर्नुभन्दा पहिला सगरमाथाको फेदमा समुन्द्र भएको भए त्यसको स्वरुप कस्तो हुन्थ्यो भन्ने कुरा निर्धारण गर्नुपर्ने हुन्छ । सगरमाथाको उचाई मापनमात्र १० प्रतिशत काम हो, त्यसका लागि चाहिने पूर्वाधारका लागि हामीले ९० प्रतिशत काम गर्नुपर्ने हुन्छ । विभिन्न विधि अपनाए सगरमाथाको मुनी नापीको भाषामा जुएट भनिन्छ, त्यो जुएट परिभाषित गर्नुपर्नेछ । जुएट भनेको समुन्द्रको स्वरुप कस्तो होला भनेर हामीले गणितीय भाषामा परिभाषित गर्नुपर्ने हुन्छ ।

० सगरमाथाको फेदबाट सर्लक्क नाप्ने हो कि ?
– होइन, सगरमाथाको उचाइ नाप्न त्यत्ति सहज छैन । त्यत्ति सजिलो भइदिएको भए सगरमाथा पहिचान भएको १ सय ७० वर्ष भयो, नेपाल अहिलेसम्म सगरमाथाको उचाई नापमान संलग्नता जनाउन सकेको छैन । यो जटिल विषय भएकाले हामीले आफ्नो सगरमाथाको उचाइ नाप्न सकेनौं । प्राविधिक रुपमा हामीले सक्षम ठानेरै यो पहल अगाडि बढाएका हौं । यसका लागि धेरै मेहनत गर्नुपर्छ ।

० कठिन कार्य चैँ के हुन्छ ?
– सगरमाथाको फेदमा समुन्द्र भइदिएको छ त्यसको स्वरुप कस्तो हुन्थ्यो भनेर परिभाषित गछौं, त्यसलाई शुद्धताका साथ परिभाषित गर्नु कठिन कार्य हो । त्यसका लागि हामीले विभिन्न विषयमा सर्भे गर्नुपर्छ । जस्तो हामीसँग आफ्नो समुन्द्र छैन, विगत ३०–४० वर्ष अघिदेखि हामीले भारत हुँदै नेपालका विभिन्न ८ स्थानमा विन्दू स्थापना गरेका छौं । यस अवधिमार ०४५ सालमा पूर्वाञ्चल क्षेत्रमा भूकम्प गयो, ०७२ को भूकम्पले हाम्रो धरातलमा धेरै परिवर्तन ल्याएको छ । २०३० सालदेखिका ती विन्दूहरुको पनि उचाइमा केही न केही परिवर्तन भएको हुनसक्छ भन्ने कुरा हालै सम्पन्न अन्तर्राष्ट्रिय गोष्ठीमा कुरा आयो । सञ्चालन सञ्जाल हामीले भारत हुँदै नेपाल ल्याएर सगरमाथा वरिपरि लेबलिङ सर्भे गर्नुपर्ने हुन्छ । त्यस्तै गुरुत्वर्काषणको पनि सर्भे गर्नुपर्ने हुन्छ । त्यस्तै जिपिएस सर्भे गछौं, ता कि हामीले गरेको सर्भेक्षणबाट सगरमाथाको मुनी हुने सतह सही रुपमा निर्धारण होस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ