arrow

राष्ट्रियसभा गठन विवादः बहुमतीयमै एमाले अडान

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
CPN-UML-Flag.jpeg

काठमाडौ। एमालेले राष्ट्रियसभा गठन संविधान तथा दलहरुबीच प्रारम्भिक विधेयक निर्माणक्रममा भएको सहमतिअनुसार बहुमतीयत पद्धतिबाटै हुनुपर्ने ठहर गरेको छ। 

उपध्याक्ष वामदेव गौतमको निवास भैसेपाटीमा शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले विधेयक निर्माणक्रममा दलहरुबीच उकल संक्रमणीय नभई बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन गर्ने सहमति भएकाले सोहीअनुसार हुनुपर्ने जिकिर गरेको हो।

समावेशी पक्षमा दाहाल
बहुमतीय कि एकल संक्रमणीय मत प्रणाली भनी विवाद चर्किरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समानुपातिक र समावेशीता राष्ट्रियसभाका पक्षमा देखिएका छन्। दाहालले राष्ट्रियसभा समानुपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तर्राष्ट्रिय रुपमै रहेको बताएका छन्। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ