arrow

बस दुर्घटनामा परी भारतमा ३२ जनाको मृत्यु

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
rajasthan-bus-accident.jpg

नयाँदिल्ली। भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको दुर्घटनामा परी अन्य २० जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन्।

उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर सो बस दुर्घटना भएको हो। बनास नदिमा खसेको उक्त बसमा ५२ जना यात्रुले यात्रा गरिरहेको जनाइएको छ। नदी माथी बनाइएको पुल तर्ने बेलामा बस नदीमा खसेको हो।

तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन्। नदीबाट २० जनाको शव बाहिर निकालिएको र घाइते मध्ये सात व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या २७ पुगेको हो। घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार भईरहेको छ। घाइतेहरु मध्ये केहीको् अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ