arrow

कांग्रेस सभापति कोइराला अझै अन्योलमै

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
sushil_koirala.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला फागुनमा हुने पार्टीको १३औँ महाधिवेशनमा पुनः सभापति पदमा उम्मेदवारी दिने कि नदिने विषयमा अलमलमा परेका छन् । कोइरालाले उम्मेदवारीको टुंगो नगरेपछि प्रचारका लागि जिल्ला पुगेका कोइरालानिकट नेताहरुले अझै आफूले उम्मेदवारी दिने पदका विषयमा कार्यकर्तासँग खुलेर भन्न सकिरहेका छैनन् । तर, संस्थापन पक्षबाट रामचन्द्र पौडेलले भने सभापतिमा दावी गर्दै प्रचार-प्रसारसमेत तीब्र बनाइसकेको छन् ।
 
राजधानी दैनिकले  समाचार छापेको छ-संस्थापन पक्षका अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा उम्मेदवारी दिने गरी भित्रभित्रै तयारी शुरु गरेका छन् । उपसभापति पौडेलसँगै संस्थापन पक्षकै महामन्त्री सिटौलाले उम्मेदवारी दिन थालेपछि संस्थापन पक्षधर नेताहरु भने कोइरालाले चाँडै मुख खोल्नुपर्ने निष्कर्षमा पुगेका छन् । संस्थापन निकट एक नेता सभापति कोइरालाले मुख नखोलेकै कारण पौडेलले उम्मेदवारी घोषणा गरिसकेको र सिटौलाले घोषणा तयारी थालेको भन्दै अब आफ्नो रणनीति स्पष्ट पार्नुपर्ने बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ