arrow

विहारका पूर्वमूख्यमन्त्री लालु यादव अदालतबाटै पक्राउ, चारा घोटालामा दोषी ठहर

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
lalu.jpg

एजेन्सी । विहारका पूर्व मूख्यमन्त्री लालु यादव अदालत परिसरबाटै पक्राउ परेका छन् । चर्चित चारा घोटालामा दोषी ठहर यादव अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

सीबीआईको विशेष अदालतले उनलाई चारा घोटालामा दोषी ठहर गरेको छ । पक्राउ परेका यादवलाई जनवरी ३ तारिखमा सजाय सुनाउने बताइएको छ ।

१९९१ देखि १०९४ को बीचमा राज्य कोषको ८५ लाख रुपैँया हिनामिनामा उनी दोषी देखिएका छन् । उनी आफ्नो छोरा एवं विहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवसँग शनिबार विहान अदालत पुगेका थिए । उनले आफ्ना समर्थकलाई शान्त रहन भनेका छन् ।

अदालतले यस मामिलामा १५ जनालाई दोषी ठहर गरेको छ । लालु र उनीसँगै ६ जना मुछिएका छन् । यसमा विहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रा समेत संलग्न छन् ।

राष्ट्रिय जनता दलका बरिष्ठ नेता एवं पूर्व केन्द्रीय मन्त्री रघुवंशप्रसाद सिंहले अदालतको फैसलापछि भनेका छन्, ‘जगन्नाथलाई बेल र लालुलाई जेल । यही हो खेल हामी अन्तिम समयसम्म लड्ने छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ