arrow

प्रचण्ड एमालेसँग रिसाउनुको कारण यस्तो, फोरमसँग के भएको थियो कुरा ?

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
pmprachandadahal.jpeg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको असन्तुष्टी बाहिर पोखेका छन् ।

नवलपरासी पुगेर दाहालले एमालेसँगको असन्तुष्टी पोखेका हुन् । एमालेले संघीय समाजवादी फोरमलाई केन्द्र मात्र नभई प्रदेश २ र ५ मा सरकार बनाउने कुरामा पनि सघाउने भनि प्रस्ताव ल्याएको कुरा समेत चुहिएको छ ।
के भएको थियो कुरा ?
संघीयसमाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई एमालेका विभिन्न तहका नेता गएर भेटेको बताइएको छ । संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘म छलफलमा सरिक नभएकाले धेरै कुरा थाहा छैन । अध्यक्षले एमाले नेताहरुले छलफलमा भनेका केही कुराहरु हामीलाई भन्नु भएको छ । प्रदेश २ र ५ मा सरकार बनाउन हामी सघाउँछौँ र केन्द्रमा पनि मिलेर सरकार बनाऔँ भन्ने प्रस्ताव आएको थियो ।’

अध्यक्ष उपेन्द्र यादवको भनाई उदृत गर्दै उनले भने, ‘यो प्रस्तावहरु गहिरो रुपमा आएको जस्तो लागेन । माओवादीलाई के दिने के नदिने भन्ने पार्टीभित्रको आन्तरिक टसलका कारण हामीसँग फोरम छ भन्ने देखाउनलाई गरेको जस्तो मात्रै लाग्यो ।’

श्रेष्ठले विभिन्न चरणमा छलफल भएको जानकारी आफुले पाएको बताएका छन् । फोरम अध्यक्ष यादवले एमालेसँगको छलफललाई गोप्य राख्न खोजेपनि केही कुराहरु फुत्किएका छन् । त्यही कुरा थाहा पाएर माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टी पोखेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ