arrow

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कार्यालय राख्नेमै विवाद

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
khotang-district.png

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय राख्ने स्थानका विषय नै विवादित बनेको छ । नगरपालिकाका मेयर इवन राईले दुर्छिमको छापडाँडामा रहनुपर्ने नगरपालिकाको कार्यालयलाई कोटगैरामा राख्ने निर्णय गराएको भन्दै चार वडाध्यक्षले विरोध गरेका  छन् ।

गएको वुधबार बसेको ११ सदस्यीय नगर कार्यपालिकाको बैठकमा मेयर राईले आफुखुसी  छापडाँडामा रहेको नगरपालिकाको कार्यालय कोटगैरामा राख्नका लागि निर्णय गराएको भन्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाअध्यक्ष हरिकुमार खड्कासहितले विरोध गरेका छन् ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाअध्यक्ष भलाराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारी खत्री र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले पनि विरोध गरे नगरपालिकाको कार्यालय राख्ने स्थानका विषयमा असहमती जनाउँदै कार्यपालिका बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका चार वडाध्यक्षले संयुक्त विज्ञाप्तिमार्फत अपायक स्थानमा नगरपालिकाको कार्यालय राख्न नहुने जनाएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले ‘नगरपालिकाको केन्द्र दुर्छिमको छापडाँडामा राख्न सिफारिस भएको थियो । तर, नगरप्रमुखले भिरालो र किरातीको ऐतिहासिकस्थलमा अशर पुग्ने स्थानमा राख्न बल गरेकाले आपत्ती जनाउनु परेको हो’–भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ