arrow

‘एल क्लासिको’मा बार्सिलोनाले बाजी मार्‍यो, रियालको यात्रा कष्टकर

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
messi5.jpg

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा यो सिजनकै पहिलो एल क्लासिकोमा बार्सिलानाले बाजी मारेको छ । घरेलु मैदान सान्टियागो बर्नव्यउमा भएको एल क्लासिकोमा साविक विजेता रियाल ३–० ले पराजित हुन पुगेको छ । यो हारले रियाललाई निकै घाटा लागेको छ । अंक तालिकामा रियाल बार्सिलोना भन्दा १४ अंकले पछि परेको छ ।

उपाधि होडमा फर्किन रियालका लागि एल क्लासिको जित्नै पर्ने थियो । यद्यपि, नतिजा बार्सिलोनाकै पोल्टामा गयो । बार्सिलोनाका लागि ५४औँ मिनेटमा लुइस सुआरेजले पहिलो गोल गरे । ६३औँ मिनेटमा ड्यानिएल कार्वाहाल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित रियाल झन दबाबमा आयो । ड्यानियलले बाहिरिएको मौका छोप्दै लियोनल मेसीले ६४औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई २-० काे अग्रता दिलाए ।

खेलको अन्तिम समयमा एलेक्स भिडालले गोल गर्दै बार्सिलोनाको ३–० को जित सुनिश्चित गरे ।  रियालले सुरुवातमा आक्रामक खेले पनि त्यो लय धेरै बेर टिक्न सकेन । सुरुमा रोनाल्डोले गरेको गोल अफसाइड हुन पुग्यो । पछि पनि रियालको रबाब कायमै रहयो तर, नतिजा हात लागेन ।

शीर्ष स्थानमा रहेको बार्सिलोनको यो जितसँगै १७ खेलबाट ४५ अंक भएको छ  । चौथो स्थानमा रहेको रियाल मड्रिडको १६ खेलबाट ३१ अंक मात्रै छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको १७ खेलबाट ३६ अंक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ