arrow

एनसेल मेलामा मस्त झुम्यो पोखरा

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
ncell-mela-pokhara.jpg

काठमाडौ। एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन्। कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित यो मेलाको आयोजना गरेको हो।
 
विविध मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एकदिने एनसेल मेला विहान ११ बजेबाट सुरु भई विविध गतिविधि र कन्सर्ट सहित साँझ सम्म चलेको थियो। मेलाको मुख्य आकर्षणहरुमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु लगायत किडस् जोन र फुड स्टलहरु रहेका थिए।
 
मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट गीतहरु जस्तै ‘क्या दामी भो’, ‘संगी’ र ‘पिलायो साथीले’ प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए। कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘केस नं ४२०’ र ‘हाउडे’ जस्ता आफ्ना गीतहरु प्रस्तुत गर्दै दर्शकहरुको मन जितेका थिए। त्यस्तै सांगितीक समुह कबवेबले ‘मार्या नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु पस्कदै र द एज व्याण्डले आफ्नो अत्याधिक मन पराइएका गीतहरु ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता आ—आफ्नो प्रस्तुती मार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए।

यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाएको थियो। मेलामा सबै उमेर समुहका दर्शकहरुलाई विभिन्न कार्यक्रम तथा गतिविधिहरु समावेश गरिएको थियो। युवाहरुको भिड एनसेलको फोरजीमा आधारित गेमहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेसमा थियो र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पनि जित्न सफल भएका थिए। किड्स जोनमा बालबालिकाहरु ट्राम्पोलिन र गो कार्ट जस्ता खेलहरुमा मजा लिइरहेका देखिन्थे। टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो।
 
मनोरञ्जनका कार्यक्रमका साथ साथै मेलामा रहेको एनसेलको विषेश फोरजी जोनमा पनि आगन्तुकहरुको उत्तिकै उत्साहजनक भीड देखिन्थ्यो। उक्त जोनबाट आगन्तुकले एनसेलको फोरजी सेवाको बारेमा थप जानकारीका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न पाएका थिए। फुड स्टलमा आगन्तुकहरुले देशी र विदेशी परिकारहरुको मजा लिएका थिए। त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु दर्शकहरुको उत्साहजनक सहभागिता थियो।
 
आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसियाली मनाउदै अग्रिम रुपमा आउँदो नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान गर्न र १९ शहरहरुमा फैलिएको फोरजी सेवाका बारेमा आगन्तुकहरुलाई जानकारी दिन मेला एकदम सफल भएको एनसेलले जनाएको छ। पोखराबाट शुरु हुने यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ