arrow

कांग्रेसका पूर्व मन्त्रि चौधरी सहित १२ जनालाई १५ वर्षकालागि निलम्बनको सिमारिस

logo
बिजय चौहान,
प्रकाशित २०७४ पुष ८ शनिबार
birjung-congress-party.jpg

वीरगन्ज। स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ ले सुरेन्दै चौधरी सहित १२ जनालाई कार्यवाहीको सिफारिस गरेको छ। क्षेत्र नम्बर ४का क्षेत्रीय सभापति मृत्युञ्जय कुमार श्रीवास्तवले शनिबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापति समेत रहेका चौधरी सहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निस्कासन गर्न सिफारिस गरेको जानकारी दिए।  

उनले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको अधिकारित उम्मेदवार विरुद्ध बागि उम्मेदवार खडागरी पार्टीको उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका पुर्व मन्त्रि समेत रहेका चौधरी र पुर्व जिल्ला सभापति जनार्धन सिंह क्षेत्री सहित १२ जनालाई १५ वर्षसम्म पार्टीको सधारण सदस्यता समेतबाट निलम्बन गर्न क्षेत्रीय समितिको बैठकबाट सर्वसहमत निर्णय गरिए पार्टी केन्द्रिय कार्यालयलाई सिफारिस गरिएको बताएका छन्।

क्षेत्रीय समितिको बैठकले पार्टीका उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका श्रीकृष्ण चौहान, ललन द्विवेदी, दिनेश कुमार चौधरी, शिव चौधरी, सैलेन्द्र प्रसाद यादव, ढेडी प्रसाद यादव, सिन्धु मेहता, रितनारायण चौधरी, रामजन पटवारी र विरेन्द्र पाण्डेलाई कार्यवाही गर्न सर्वसहमत निर्णय गरेको क्षेत्रीय अध्यक्ष श्रीवास्तबले जानकारी दिए। 

उनले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि असोज ११ गते बसेको क्षेत्रीय समितिको समिक्षा बैठकले १२ जनालाई कार्यवाही गर्न सर्वसहमत निर्णय गर्दै कार्यवाहीका लागि जिल्ल कार्यसमितिलाई लिखित जानकारी गराउदा पार्टी सभापति लगाएका पदाधिकारीहरुले मंसिर २१ गतेको प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचन पछि  क्षेत्रीय समितिको सिफारिसमाथि छलफल गर्ने जानकारी गराएको बताए। 

पत्रकार सम्मेलनमा पुर्व सभासद सामेश्वर रौनियारले पर्साको पोखरिया, सखुवाप्रसौनि, लगायतका स्थानिय तहबाट कांग्रेसका उम्मेदवारहरुलाई हराउन चौधरी लगाएकाले महत्वपूर्ण भुमिका खेलेकाले उनलाई क्षेत्रीय समितिको सिफारिस अनुसारै कार्यवाही गर्नुपर्ने मांग गरेका छन्। रौनियार स्थानीय तह निर्वाचनमा पोखरिया नगरपालिकाको प्रमुख(मेयर) पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका थिए।  पत्रकार सम्मेलनमा क्षेत्र नं. ४को क्षेत्रीय समितिका पदाधिकारीहरु, पार्टीको महाधिवेशन प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ