arrow

प्रदेश २ को राजधानी वीरगञ्ज कि जनकपुर ? कता छन् एमाले–माओवादी ?

logo
प्रकाशित २०७४ पुष ९ आइतबार

जनकपुर । प्रदेश नम्बर २ को राजधानीका लागि दुई ठाउँमात्र विकल्पका रुपमा देखिएका छन् । अन्य प्रदेशमा विवाद बढी भए पनि प्रदेश २ मा वीरगञ्ज कि जनकपुर भन्ने मात्र विवाद छ । 

पूर्वाधारको हिसाबले जनकपुर वीरगञ्ज भन्दा बलियो छ । तर नेताहरु आफ्नो स्वार्थका लागि भिड्न तयार देखिएका छन् । 

जनकपुरका नेताहरु जनकपुरको विकल्प नभएको चिच्याउँदै हिंडिरहेका छन् भने वीरगञ्ज आसपासको क्षेत्रका नेताहरु वीरगञ्जलाई नै राजधानी बनाइछाड्ने उद्घोष गरिरहेका छन् । 

क्षेत्र नम्बर २ मा एमाले र माओवादी केन्द्रका सांसदहरुको खासै जोर नचले पनि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरु विभाजीत देखिएका छन् । 

धनुषाका एक राजपा नेता भन्छन्, ‘चुनाव जित्नका लागि भन्दै वीरगञ्जलाई राजधानी बनाउने भन्दै नेताहरु हिंडे अहिले उनीहरुलाई निल्नु न ओकल्नु भएको छ ।’

चुनावका बेलामा वारा, पर्सा र रौतहटका नेताहरु वीरगञ्जलाई नै प्रदेश २ को राजधानी बनाउन खोजिरहेका छन् भने सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नेताहरु भने धनुषाको जनकपुरलाई राजधानी बनाउन खोजिरहेका छन् । 

दूरीको बराबरीको दृष्टिकोणले महोत्तरी वा सर्लाहीमा राजधानी बनाउन सकिन्छ । तर त्यहाँ कुनै पनि पूर्वाधार छैन । त्यसपछिको विकल्प जनकपुर नै हो । 

राजधानी केन्द्रमा हुनुपर्नेमा दुई मत छैन । काँग्रेसी नेताहरु पनि धेरथोर विभाजीत छन् । काँग्रेस नेता विमलेन्द्र निधीको घर नै धनुषामा भएकाले उनले राजधानीका लागि जनकपुरलाई नै लाहा छाप लगाएका छन् । 

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र राजेन्द्र महतोको पनि विवाद छैन । उनीहरु जनकपुरलाई नै राजधानी बनाउनु पर्ने पक्षमा छन् । 

वीरगञ्जलाई राजधानी बनाउन सक्ने हैसियत नेताहरुमा नभएको बताइन्छ । तर वीरगञ्जका विजेताहरु भने हामीले चाह्यौं भने जे पनि गर्न सक्छौं भन्छन् । अर्थात् वीरगञ्जमै राजधानी बनाउनेमा अझै पनि आश्वासन बाँडिरहेका छन् । 

विजेताहरु घरदैलोमा हिंडिरहेका छन् । आश्वासन आफ्नै क्षेत्रको दिइरहेका छन् । अन्य प्रदेशमा एमाले र माओवादीबीचको घम्साघम्सी चल्छ । 

२ नं मा कुनै प्रतिक्रिया पनि दिन नखोजेकाले एमाले–माओवादीको हैसियत २ नं मा नभएको स्पष्ट हुन्छ । 

राजपाका एक नेता भन्छन्, ‘हल्लाहरु जसले फिँजाए पनि राजधानी जनकपुर हुन्छ, हामी एमाले र माओवादीजस्तो धेरै असन्तोष मच्चाउन्नौं, उनीहरुको यहाँ प्रवेश भयो भने भाँडभैलो मच्याउँछन् ।’

उनले अगाडि थपे, ‘मधेस शान्त पार्न चाहन्छौं, एमाले–माओवादी जनताको भावनासंग खेल्छन्, हामी त्यसो गर्दैनौं ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ