arrow

शशिराज अपांग छन्, तर कृषि व्यवसायबाट बार्षिक पाँच लाख बढी आम्दानी गर्छन्

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ पुष ९ आइतबार
sashiraj-palpa-farmer.jpg

पाल्पा। रामपुर नगरपालिकाका कृष्ण प्रसाद डोटेल र भगवती डोटेललाई भविष्य उत्तराधीकारी जन्मदा प्राप्त भएको खुसीले मन झण्डै आशु र रोदनमा परिणत हुन भने पाएन्। तोते बोली संग संगै बामे सर्ने अवस्थामा मेननजाइटीस रोगले नराम्रो संग थला पारेपछि खुसीलाई आशु र रोदनमा परिणत हुन खोजेको हो। एक छोरा एक छोरीका माता, पिता कृष्ण र भगवतीको जीवन आजभोली पुन खुसी र हासोमा परिणत भएको छ। 

बच्चा जन्मिए पछि बैदीक परम्परा अनुसार गरिएको न्वारनबाट बच्चाको नाम शशिराज डोटेल नामाकरण गरियो। उनलाई आक्रमण गरेको रोगले सदाको लागि अपांग बनाएर मात्र छोडीदियो त्यसैमा आमा बुवाले चित्त बुझाए। शशिराज आजभोली न बोल्न सक्दछन् नत कानले सुन्दछन तर बोल्ने र कानले सुन्ने भन्दा उनी कम छैनन्। अपांगै भए पनि पाचँ रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा तरकारी खेती, गोठ भरी लैना भैंसी, खोर भरी कुखुरा पालन गरेका छन् उनले। शशिलाई रोज्ने र खोज्नेले विहान देखि बेलुका सम्म उनलाई घरमा भेट्न सक्दैनन्। 

अपांग भएका कारण हातको इसाराले कक्षा आठ सम्म अध्ययन गरेका शशिराज कृषिको प्राविधीक पनि भएको उनकी आमा भगवती डोटेल बताउछिन्। छोरा पूर्ण रुपले अपांग भयो भनेर निराशाको वादलमा रुमल्लीएका शशिराजका आमा बुवा यतिखेर सवालङ्गले भन्दा कृषि, पशुपालन, व्यवसायबाट बार्षिक रुपमा पाच लाख रुपैया भन्दा बढी आम्दानी गर्न सफल भएकोमा परिवार मात्र नभई छिमेकी समेत दंग परेको बुवा कृष्ण प्रसाद डोटेल बताउछन्। 

२०३८ साल पुष ६ गते जन्मिएका शशिराजले २०६४ साल देखि व्यवसायीक रुपमा तरकारी, पशुपालन, गरेर राम्रो आम्दानी गरेपछि पुरानो घर भत्काएर नयाँ पक्की घर पनि बनाएका छन्। अपांग भए पनि मेहनत र हिम्मत उचाइ भएको देखेरै छिमेकी जिल्ला तनहुँबाट दुर्गा मरासीनी संग वैवाहीक जीवनमा बाधिएका शशिराजका यतिखेर एक छोरा एक छोरी हुर्कीसकेका छन्। विहान बेलुका छाक टार्ने, शरिर ढाक्न एक सरो कपडा, सामान्य विरामी भएका बखत औषधी उपचारका लागि धौ धौ हुने परिवारले आज भोली बैंक वित्तीय संस्था देखि गाउँको शहकारी सम्म बचत जम्मा गर्ने गरेको र छोरा छोरीलाई बोर्डीङ्गबाट उच्च शिक्षा तह सम्मको अध्ययन गराउने सपना बुनेको शशिराजकी श्रीमती दुर्गा डोटेल बताउछिन्। 

शशिराजको मेहनत हिम्मत बाटै प्रभावित भएरै वैवाहिक सम्बन्धमा बाधिएको दुर्गा भन्दछिन् अपांगता भएका व्यक्तिलाई अवसर दियो भने प्रगतीका ढोका खुल्दा रहेछन् उनले आफ्नो अनुभव सुनाउदै भनिन् आफ्नो श्रीमानले खेत बारीबाट तरकारी उत्पादन गर्ने मात्र होइन ? बजारीकरणमा समेत श्रीमानले नै ध्यान दिने गर्नु हुन्छ। व्यवसायीक तरकारी खेती गरेका डोटेललाई गत बर्ष पुरस्कार स्वरुप जिल्ला कृषि विकास कार्यालयले युवा स्वरोजगार कार्यक्रमबाट ४० हजार जिल्ला पशु सेवा कार्यालयले भकारो सुधार कार्यक्रम अन्तरगर्त एक लाख रुपैया सहयोग गरेको उनले हातको इसाराले बताए। 

खन जोत गर्नका लागि जिल्ला कृषि विकास कार्यालयद्धारा अनुदानमा वितरण हुने हाते ट्यक्टर माग गरेको उनकी श्रीमती दुर्गाले बताइन्। विवाह गरेको बर्ष बोल्न, सुन्न नसक्ने व्यक्तिसंग विवाह गरेको भनेर आफ्ना साथीहरुले निकै होच्याएर बोल्दा मन नराम्रोसंग कुडिन्थ्यो तर तिनै साथीहरुले आजभोली राम्रो प्रशंसा गरेको उनले आफ्नो अनुभव बताइन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ