arrow

सरकारमा जान एमालेसँग छलफल भएको, किन ढाँट्नु : राजेन्द्र श्रेष्ठ (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ पुष ९ आइतबार
rajendra_sherestha.JPG

एमालेले संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउन लागेको भन्दै बाम गठबन्धनको महत्वपूर्ण साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् । फोरमले एमालेसँग सरकारमा जान छलफल गरेकै हो त ? भन्ने विषयमा हामीले संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठसँग गरेको कुराकानीः

० सरकारमा जाने विषयमा संघीय समाजवादी र एमालेबीच छलफल भएको हो ?
– निर्वाचनपूर्व पनि नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफ्नो गठबन्धनमा आवद्ध हुन आह्वान गरेकै थिए । हामीले त्यसबेला पनि दुवैसँग वार्ता र छलफल गरेकै थियौं । हाम्रो मुख्य मुद्दा सम्बोधन नभएसम्म हामी कुनै गठबन्धनमा सामेल हुदैनौं भनेका थियौं । र, सरकारमा सामेल हुने कुरा पनि त्यहीसँग जोडिएको छ ।
हाम्रा मुख्य मुद्दा भनेको संविधानको धारा २७४ लगायत विभेदकारी सबै धारा परिवर्तन हुनुपर्छ भन्ने हो । त्यसमा केही मुद्दा यो फेजमा गरौं, दोस्रो संशोधनको तयारी भएको थियो ।

त्यसबेला एमाले यस्तो पार्टी थियो, जसले संविधान संशोधनको मुद्दामा पूर्णरुपमा विरोध मात्र होइन, अरु राजनीति दललाई पनि त्यसविरुद्ध सञ्चालन गर्‍यो । जसका कारण उहाँहरुसँग सहकार्य गर्ने वातावरण बनेन । अहिले पनि हामी एमालेसँग सरकारमा जाने सक्छौं जस्तो लाग्दैन । किनभने संविधान संशोधनको मुद्दामा सबैभन्दा प्रतिगामी दृष्टिकोण उहाँहरुको रहेको छ । निर्वाचनपछि उहाँहरुले नयाँ दृष्टिकोण ल्याउनुभयो, संविधानको धारा २७४ लगायत विभेदकारी धाराहरु अन्त्य गर्न तयार भयो भने सरकारमा जाने विषयमा सोच्न सकिन्छ ।

० सरकारमा जानका लागि एमालेबाट प्रस्ताव आयो ?
– चुनावपूर्व पनि गठबन्धनमा जान वार्ता भएको थियो, हामीले त्यसलाई अस्वीकार गरेको हो । चुनावपछि मिलेर जाऔं, भोलिका लागि राम्रो हुन्छ, भन्ने प्रस्ताव आएको हो ।

० एमालेले माओवादीलाई छोडेर तपाईंहरुको साथ लिने खोजेको हो ?
– त्यसबारे मलाई जानकारी छैन, नजाने बाटो किन सोध्ने ?

० तपाईंको अध्यक्षसँग कुरा भएको हो ?
– राजनीतिमा त्यस्ता कुरालाई अस्वाभाविक मान्नु हुदैन । अध्यक्षसँग कसैले भेट्छन्, वार्ता गर्छन् त्यो स्भाविक हो । अध्यक्षलाई कसले भेट्यो, प्रस्ताव राखे होला, तर अहिलेको जनमतको हिसाबले भन्ने हो भने एमाले र माओवादी एउटै घोषणापत्र लिएर चुनाव लडेको पार्टी हुन् । भविष्यमा एकीकरण गछौं भनेर चुनावमा गएका हुन् । यसर्थ उहाँहरुकै गठबन्धनलाई सरकार बनाउने अधिकार छ । गठबन्धनभित्र एकले अर्कोलाई पछार्ने दाउपेचमा लाग्नुभयो भने यो जनमतविरुद्ध हुन जान्छ ।

० एमालेसँग तपाईंहरुको छलफल भएको हो ?
– मैले अघि नै छलफल भएको कुरा त भनिसके नि ? त्योभन्दा बढी कुरा मलाई थाहा पनि छैन । थाहा भएरको र भन्न हुने सबै कुरा मैले भनिसके । किन ढाँट्नु ।

० राष्ट्रिय जनता पार्टीसँगै तपाईंहरुको सहकार्य हुन्छ ?
– राजपासँगै जाने अभ्यास भएको छ । हामीले कुनै गठबन्धन बनाएका छैनौं, सिट तालमेल गरेर चुनाव लडेका हौं । यो भनेको सँगै जाने अभ्यास हो । यसले सकरात्मक सन्देश दिएको छ भन्ने हामीलाई विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ