arrow

प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेस र मधेसवादीको प्रस्ताव

logo
प्रकाशित २०७४ पुष १० सोमबार
pmprachandadahal.jpeg

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतामा भइरहेको ढिलाइले शंकाको वातावरण बन्न थालेको छ । एकताबारेको आशंकालाई मलजल गर्ने काम सरकारमा आलोपालोको कुरा, एमाले महासचिव ईश्वर पोखरेल र माआवादी केन्द्रका दोस्रो तहका नेताका विवादास्पद अभिव्यक्तिले गरिरहेका छन् । यसबारेमा हामीले नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य मणि थापासँग कुरा गरेका छौँ ।

के भन्छन् त मणि थापा ?

माओवादी केन्द्रका नेता थापाले सरकार निर्माणपछि मात्रै पार्टी एकता हुने बताएका छन् । उनले एकताको संरचना सरकार अघि नै बनिसक्ने पनि बताएका छन् ।

‘सरकार गठनपछि सबै कुरा फाइनल हुन्छ, तर एकताको एउटा कोर्षचाँहि सरकार गठन भन्दा पहिले नै पुरा हुन्छ’, माओवादी नेताले थापाले भने । उनले प्राविधिको कारणले शनिबार हुन नसकेको एकता संयोजन समितिको बैठक विषयलाई अनावश्यक प्रोपोगण्डा बनाइएको बताए ।

प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन कांग्रेस र मधेसवादी दलले प्रस्ताव गरेको कुराको पनि थापले पुष्टि गरे । ‘कांगेस र मधेसवादीले प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा पनि आएको छ, प्रस्ताव आउने कुरा स्वभाविक नै हो’, थापाले भने, ‘प्रजातान्त्रिक प्रक्रियामा यो कुरा सामन्य हो ।’ थापाले संघीय समाजवादी फोरमलाई वाम गठबन्धनमा ल्याउने प्रयास जारी रहेको बताए ।

‘कांगेस र मधेसवादीले प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा पनि आएको छ, प्रस्ताव आउने कुरा स्वभाविक नै हो’, थापाले भने, ‘प्रजातान्त्रिक प्रक्रियामा यो कुरा सामन्य हो ।’ 

उच्तस्तरमा एकतालाई टुंग्याउन तीब्र गतिमा छलफल भइहरेकको पनि थापाले बताए । ‘पार्टी एकता हुने कुरामा कुनै शंका छैन । एकता हुने कुरा निश्चित छ, कहिले सम्म एकता हुन्छ भन्नेमात्र प्रश्न हो ?’ उनले अगाडि भने,‘ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाको म्यान्डेट नै एकता हो, यसबाट अब कोही पनि पछि हट्नै सक्दैन, अन्तर्विरोध छन्, तर शंका गर्ने ठाउँ छैन ।’

उनले एउटै कम्युनिष्ट केन्द्र बन्ने कुरालाई कसैले रोक्न नसक्ने बताए । पार्टी एकता समानुपातिकको परिणाम, सरकार र राष्ट्रिय सभा गठन लगायतका कारणले ढिलाई भएको थापाको भनाई छ । उनले शक्ति विन्यास कसरी गर्ने विषयमा छलफल तीब्र भइरहेको बताए । प्रधानमन्त्री आलोपालो हुने कुरासम्म सहमति भएको थापाले बताए ।

कांग्रेस–एमाले दुवै पछि हट्नुपर्छ

उनले राष्ट्रिय सभाको विषयलाई एमाले र कांग्रेस अडानबाट पछाडि हट्नु पर्ने बताए । उनले भने, ‘बीच बाटो खोज्नु पर्छ’, उनले समाधानको विकल्प दिए । ‘राष्ट्रिय सभा गठनलाई कानुनी विषय नबनाई राजनीतिक रुपमा समाधान गर्नुपर्छ,’ थापाले भने, ‘माओवादीको धारणा पनि यही हो । पाँचवटा राष्ट्रिय दल बसेर राष्ट्रिय सभाको विषय समाधान गर्नुपर्छ ।’ (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ