arrow

नेपाली कलाकारलाई चुनौती दिंदै प्रवासी कलाकार शालिकराम भण्डारी 

logo
प्रकाशित २०७४ पुष १० सोमबार
salik-ram-bhandari.jpg

काठमाडौं । लामो समयदेखि लोकदोहोरी, नेपाली कला संस्कृती र हिन्दु धर्मलाई जोगाउन भारतमा रहेर पनि निरन्तर क्रियाशिल कलाकार शालिकराम भण्डारीको आफ्नो छुट्टै पहिचान बनेको छ । 

नेपाली कला संस्कृति र हिन्दुराष्ट्रका लागि उनले देखाएको चिन्ता र क्रियाशिलताबाट भारतमा रहेका नेपाली प्रवासीहरु नै चकित परेका छन् । नेपालमै बसेर पनि नेपाली कलासंगित र हिन्दुराष्ट्रका लागि केही गर्न नसक्नेहरुका लागि उनी ठुलो प्रेरणाको श्रोत बन्न सक्छन् । 

चर्चित शब्द सर्जक तथा लोकगायक शालिकराम भण्डारीले चिट्ठी आ’छैन, बुढेसकालको बिहे, बस्यो नजरैमा, कति रुने हो, कालिगण्डकी लोक चौतारी जस्ता दर्जनौ गितहरु लेख्ने र गाउने गरेका छन् । 

रोजगारीका लागि परदेशीएका स्याङ्जाको तत्कालिन पकवादी गाविस आपचौरमा जन्मीएका तीनै युवा गायक तथा शब्द सर्जक शालिकराम भण्डारीसंग हामीले छोटो भलाकुरासी गरेका छौं । 

कस्तो चल्दै छ निजी जीवन अनि सिर्जनात्मक जीबनशैली ? 

निजी जीवन त सबै ठिकै छ । शब्द सिर्जना र रचनामै ब्यस्त छु । सबैले मेरो स्वर, गित र लय मन पराइदिनु भएको छ । माया गर्नु भएको छ । त्यसैमा खुशी छु । यतिबेला आफ्नै जन्म गाँउ ठाउमा छु खुशी लागेको छ । 

बुढेसकालको बिहे, बस्यो बजरैमा, लगायत कति रुने हो जस्ता गीतहरु चर्चामा आएका छन्, कत्तिको  सफलता पाएको महसुस गर्नुभएको छ ? 

छोटो समयमा नै चर्चित हुन सफल युटुबमा पनि धेरैले हेरिसक्नु भएको छ । धेरै खुशी छु । यो गितमा यो शब्दमा यथार्थ छ । त्यसैले पनि धेरैले मन पराउनु भएको माया गर्नु भएको छ जस्तो आभास मलाइ हुन्छ । 

गीतसंगीतको क्षेत्रमा कसरी प्रबेश गर्नु भयो ? 

सानैमा स्कुलमा पढ्दादेखि नै लोकगित संगीतमा निकै रुचि राख्थेँ, स्कुलका सर मेड्मले निकै प्रोत्साहन गर्नुहुन्थियो । म यो क्षेत्रमा प्रबेश गर्न मेरो घर परिवार दिपा भन्डारी, भाइ एकनारायण भन्डारी, ज्वाइँ यज्ञ सापकोटा बैनीहरु सदिच्छा गैरे, योगिता भुसाल, शिल्पा भन्डारी लगायतबाट धेरैनै सहयोग र प्रेरणा पाएको छु । म यो क्षेत्रमा सफल हुन सबैको उतिकै महत्वपूर्ण योगदान छ ।

देशमा हुने बिकृतिहरुलाई देखेर शब्द आफै आउँछन् कि मैले मेरा गितहरुमा यो शब्द राख्दा ठिक हुन्छ भन्ने ठानेर मैलिक सत्य शब्दहरु चयन गर्नुहुन्छ ? 

यो सबैको आफ्नो आफ्नो सोचाइमा भर पर्छ मैले यस्ता शब्द रचना गर्छु भनेको बेला ती शब्दहरु मनस्पटलमा नआउन सक्छ्न । कुनै बेला भने देश, गाउघर, बाताबरण, छरछिमेक सबैलाई हेर्दा र चिन्तन गर्दा सोच्दै नसोचेका शब्दहरु पनि फुर्छ्न, यसैलाइ समाबेस गर्यो, सत्य र यथार्थमा बढि ध्यान दियो भने मात्र शब्द र गित सबैको मन छुने खाले बनाउन सकिन्छ भन्ने मलाइ लाग्छ । गित मात्र गाएर हुदैन जुन गितमा मैलिकता छैन त्यो गितले सफलता पाउछ जस्तो मलाइ लाग्दैन र बिकृतीहरुलाइ रोक्न कडा नियम कानुनको किताबको पानामा मात्र सिमित नराखेर कार्यान्वयन गरि त्यस्ता बिकृती ल्याउने खाले गितहरुलाइ सस्थाले रोक्न पहल गर्ने र हरेक ब्यक्तिले नै हेरेर बुझेर नंग्याउने अथवा हरेक कलाकार गायक गायिकाले सच्चा सभ्य नागरिक हुनुको परिचय दिनु आवश्यक छ । यस्तो भयो भने मात्र सभ्य समाजको निमार्णमा सहयोग पुग्नेछ । 

कति वटा एल्बम बजारमा आएका छ्न र तपाईले रचना गरेका गीतबाट समाज परिबर्तनको आशा गर्नुहुन्छ ? 

हालसम्म मैले आफ्नै शब्द संकलनमा एक दर्जन भन्दा बढी एल्बम बजारमा ल्याएको छु अब फेरि छिटैनै तीन वटा गितमा स्वर भर्ने तयारीमा छु । मैले शब्द रचना गर्दा मैलिक बाताबरण सामाजिक परिवेशलाई जोडेर हेरेर रचना गर्छु । मेरो शब्दहरु धेरैले गाउनुहुन्छ,  धेरैले मन पराउनु हुन्छ । सयमा सय प्रतिशत त भन्न सक्दिन, तर धेरै हदसम्म परिवर्तनको आशा गरेको छु । मेरो पहिलो एबम सितारा म्युजिक प्रा.लि को भाइ एकनारायण भण्डारीको शब्द लय र स्वरमा मेरो, राजु परियार अनि गायिका बिष्णु माझीको आवाजमा सजिएको चिठ्ठी आछैन मेरो पहिलो अनि चर्चित गित हो भने बुढेसकालको बिहे, बस्यो नजरैमा, कति रुनि हो, यी गितहरु पछिल्लो समयको चर्चित गितहरु हुन ।

स्टेज कार्यक्रमहरुमा तपाइको माग कस्तो छ ? तपाईं एउटा हिन्दु धर्मका पदप्रदशक पनि हुनुन्छ, यज्ञ महायज्ञ भागबतहरुमा तपाइको माग कस्तो आउँछ ?

म एक प्रदेशी हु प्रदेशमा बसेर प्रदेशीनुभएका नेपाली दाजुभाइ दिदिबैनीहरुलाइ विभिन्न कार्यक्रम मार्फत रमाइलो गराउने लोक दोहोरी प्रस्तुत गर्ने गर्छु । समय मिले सम्म यताका सम्पुर्ण कार्यक्रमहरुमा पनि सहभागी हुन्छु । हिन्दु धर्मको प्रचार प्रसारमा अहिले धेरै ब्यस्त छु, हिन्दु धर्म हाम्रो पहिचान हो यसलाइ जोगाउन र सबै नेपालीहरुमा जनचेतना फैलाउन सक्दो लागि परेको छु । 

अब के को तयारीमा हुनुन्छ ? र अन्तिममा पाठकहरुलाई केही भन्न चाहनुहुन्छ ?

अन्तिममा मेरा गितहरु हेर्ने सुन्ने मलाई माया गर्ने सबैलाई मनदेखी नै आभार ब्यक्त गर्न चाहान्छु । तपाईहरु सबैको माया र प्रेरणाले यहाँ सम्म आएको छु । आगामी दिनमा पनि मेरा गितहरु शब्द लयहरुलाई माया गरिदिनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु । हामी हाम्रो धर्मलाई परिबर्तन नगरांै । कसैको लोभलाचमा पसेर आफ्नो धर्म परिबर्तन गर्न हुदैन । मैले मेरो जीवन पनि पुरै नेपाली लोकगित संगीत र हिन्दु धर्म संरक्षण तथा प्रबद्र्धनका लागि समर्पित गरेको छु र गरिरहने छु, यी दुवै पक्षका काममा यहाँहरुले पनि आ आफ्नो ठाँउबाट अभियान चलाईदिनुहुन आह्वान गर्दछु । जय गित । जय संगीत । जय हिन्दु धर्म ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ