arrow

अध्यादेश पास नगरे कडा आन्दोलनमा उत्रिने कांग्रेसका ६ भातृसंस्थाको चेतावनी

logo
प्रकाशित २०७४ पुष १० सोमबार
adhyades_congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका ६ भातृ तथा शुभेक्षुक संस्थाले राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रिय सभा सम्बन्धी अध्यादेश पारित नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, डेमोक्र्याटिक लयर्स एशोसिएसन र नेपाल दलित संघका अध्यक्षहरुले यस्तो चेतावनी दिएका हुन् । 

Image may contain: 4 people, indoor

विज्ञप्तीमा महिला संघकी अध्यक्ष उमा रेग्मी, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेविसंघका अध्यक्ष नैनसिंह महर, प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, डेमोक्र्याटिक लयर्स एशोसिएसनका अध्यक्ष भरत प्रसाद खरेल र नेपाल दलित संघका अध्यक्ष शम्भु हजारा पासवानले हस्ताक्षर गरेका छन्। 

Image may contain: 1 person

जारी विज्ञप्तीमा संविधानको धारा ६१ को उपधारा ४ बमोजिम संविधानको पालना र संरक्षण गर्ने राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने उल्लेख भएको भन्दै संविधानको धारा ११४ को उपधारा १ मा उल्लेखित वयवस्था विपरित राष्ट्रपतिले अध्यादेश रोकेर राखेकोमा आफूहरुको आपत्ति रहेको जनाईएको छ । 

Image may contain: 4 people, indoor

यस अघि नै नेपाल विद्यार्थी संघ लगायतले विरोधका कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । सोमबार जारी विज्ञप्तीमा तत्काल राष्ट्रिय सभा सम्बन्धी अध्यादेश पारित नगरे आफूहरु कडा आन्दोलनमा उत्रिन बाध्य हुने बताईएको छ । 

Image may contain: 4 people, indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ