arrow

काठमाडौं उपत्यकाको विकासबारे के भने भीमसेन र गगनले ?

logo
प्रकाशित २०७४ पुष १० सोमबार
bhinsen-gagan.jpg

काठमाडौं । रक्षा मन्त्री भीमसेनदास प्रधानले काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक ऐतिहासिकता नष्ट नहुने गरी बस्न योग्य शहरको रुपमा विकास कार्य गर्नु पर्नेमा जोड दिएका छन् ।

लिभेवल काठमाडौं र सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्सले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री प्रधानले काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक ऐतिहासिकता नष्ट नहुने गरी कुनै किसिमको पुनर्मिाण हुन नहुने बताए ।

राजधानीका अधिकांश पुरातात्विक सम्पदाहरुको नयाँ ढंगबाट पुनःनिर्माण कार्य सुरु गरिएको भन्दै मन्त्री प्रधान सहित काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गगन थापा र काठमाडौं महानगरपालिकाकी उपमेयर हरीप्रभा खड्गीले सोमबार एक ठाउँ उभिएर काठमाडौंको ऐतिहासिकता नष्ट हुने गरी कुनै काम हुन नदिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गीले विवादास्पद रुपमा भइरहेको रानीपोखरीको पुननिर्माण समेत रोक्ने बताइन ।  उपमेयर खड्गीले महानगरका मेयर विद्यासुन्दर शाक्यले एकलौटी काम गरेको आरोप लगाइन् ।

उनले कुनै पनि निर्णयमा आफुलाई सहभागी नगराइएको भन्दै  भन्दै जनादेश विपरीतका कुनै गतिविधि हुन नदिने प्रतिबद्धता जनाइन् ।

‘रानीपोखरीलाई आधुनिक शैलीमा निर्माण हुन दिन्न, अब म काम रोक्नेतिर लाग्छु, काठमाडौंको सुन्दरता नष्ट हुन दिइने छैन, जनमतको सम्मान गर्छु,’ उपमेयर खड्गीले भनिन् ।

काठमाडौं ४ का सांसद गगन थापाले शहरलाई आधुनिक मात्र नभई बस्नयोग्य बनाउनु पर्नेतर्फ सबैले ध्यान दिनु पर्ने बताए । रानीपोखरीको पुनर्निर्माणको काम गलत रुपमा भइरहेको विज्ञहरुको मत रहेको भन्दै उनले पुनर्निर्माण तत्काल रोक्नु पर्ने र त्यसमा आफु जस्तो सुकै मूल्य चुकाउन समेत तयार रहेको बताए ।

थापाले काठमाडौंको सम्पदा माथी खेलवाड भए काठमाडौंको अस्तित्व नै समाप्त हुने तर्क गरे । कार्यक्रममा सहभागी प्राध्यापक शुदर्शनराज तिवारीले पुराना सामग्रीको प्रयोग गरेर पनि पुननिर्माण गर्न सकिने हुँदा हुँदै पनि आधुनिकताका नाममा सांस्कृतिक धरोहरको सुन्दरता नष्ट गर्न लागिएको प्रति सबै सचेत र सजग हुनु पर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ