arrow

साउदी अरबमा अपहरित न्यायाधीश मृत फेला

logo
प्रकाशित २०७४ पुष १० सोमबार
sheikh-mohammad-al-jirani-saudi.jpg

रियाद। गत बर्ष अपहरणमा परेका एक जना न्यायाधीश मृत अवस्थामा भेटिएको साउदी अरबको गृह मन्त्रालयले सोमबार पुष्टि गरेको छ। पूर्वी प्रान्त अल क्वाटीफ क्षेत्रबाट बेपत्ता भएका न्यायाधीश सेख मोहम्मद विन अब्दुल्लाह अल जिरानीको मृत शरीर भेटिएको साउदी प्रेस एजेन्सीले जनाएको छ।

उनी चन्दा तथा पैत्रिक सम्पत्ति विभागमा कार्यरत थिए। उनी टारोटमा रहेको आफ्नै घर अगाडीबाट अपहरणमा परेका हुन। गत जनवरीमा मन्त्रालयले उनको अपहरण गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको र अरु तीन जना फरार रहेको जनाएको थियो।

अपहरित न्यायाधीश यसअघि पनि पटक पटक आक्रमणको निशानामा गरेका थिए। उनको घरमा आगजनीको प्रयाससमेत भएको थियो। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ