arrow

राष्ट्रपतिबाट छ सय दश कैदीलाई माफी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
699265498.jpeg

काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा संशोधित कारागार नियमावली बमोजिम कैद भुक्तान हुन बाँकी रहेका ६१० जनाको मंगलबार बाँकी कैदको माफी दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको प्रतिकूल नहुने असल चालचलन भएका पूर्णप्रसाद धमलासहित वृद्ध र अशक्तसमेतलाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले ४० प्रतिशत कैद भुक्तान वा ६५ वर्ष उमेर पुगेका आधारमा कैद मिनाहा गर्ने व्यवस्थासहित ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम कार्यविधि, २०७१’ संशोधन गरेको थियो । यसमा गम्भीर अपराध बाहेकका कैदीलाई माफी दिइएको छ । यसअघि ५० प्रतिशत कैद भुक्तान र ७० वर्ष उमेरपछि कैद मिनाहा हुने व्यवस्था थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ